पैसा हुनु, तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो !, जीवन बदल्ने पैसा सम्बन्धी २० प्रेरक प्रसङ्गहरु

पैसा हुनु, तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो !, जीवन बदल्ने पैसा सम्बन्धी २० प्रेरक प्रसङ्गहरु

अर्थ डबली
बिहिवार, साउन १८ २०८०
अर्थ डबली
बिहिवार, साउन १८ २०८० (अर्काइभ बाट)
  • पैसा हुनु, तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो !, जीवन बदल्ने पैसा सम्बन्धी २० प्रेरक प्रसङ्गहरु

    पैसा हरेक मानिसको आवश्यकता हो । तर के पैसा नै सबैथोक हो त ? सफलता भनेको नै पैसा कमाउनु हो ? पैसा यो हो हालको मुद्रा जसको कानूनी मान छ । र त्यसले आर्थिक कृयाकलाप आदानप्रदानमा सहयोग पुर्याउँछ । सहजीकरण गर्छ ।

    images
    images

    भुक्तानीको एक साधनको रूप मा प्रयोग गर्दछौं । यो मुख्यतया सिक्का र बैंक नोटहरू मिलेर बनेको छ, यद्यपि हालैका दशकहरूमा चेक, कार्ड र इलेक्ट्रोनिक पैसा पनि यस अवधारणामा एकीकृत भएको छ।पैसाको भ्यालु र मिनिङ बदलिदै गएको छ ।

    आज, पैसालाई राम्रोसँग मान्नको लागि यसले आधारभूत मापदण्डमा जवाफ दिनै पर्छ जस्तो तपाईको सेवा विनिमय माध्यम व्यापार लेनदेन हुनुपर्दछ । अर्थ डबलीले पैसाको परिभाषा भन्दापनि पैसा सम्बन्धि प्रसिद्ध सामाजिक भनाईहरु दिन खोजेका छौं ।

    भनिन्छ नि पैसा हुनु, तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो, जसको कारण जीवन बर्बादी हुन सक्छ ।

    यस्तै प्रेरक विषय जसले तपाईको जिवन बदल्न र बुझ्न सहयोग पुग्नेछ । पढौं केही त्यस्ता, पैसा सम्बन्धि प्रसिद्ध भनाइहरु

    [ १ ] राम्रो बानी र राम्रो संगतले तिमीलाई त्यहाँ पुर्याउन सक्छ, जहाँ तिमीलाई पैसाले पनि पुर्याउन सक्दैन ।

    [ २ ] पैसा हुनु, तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो।

    [ ३ ] पैसा कमाउनु ठूलो कुरा होइन । तर, समाजलाई पनि केही योगदान पुग्ने काम गरेर पैसा कमाउनु ठूलो कुरा हो ।

    [ ४ ] जुन व्यवसायले पैसा मात्र दिन्छ अरु केही दिंदैन, त्यो दरिद्र व्यवसाय हो ।

    [ ५ ] पैसाभन्दा आत्मविश्वास ठूलो हो ।

    [ ६ ] तिमीले बचत गरेको एक मोहोर पनि तिम्रो लगानी हो।

    [ ७ ] पैसा असल नोकर बन्न सक्छ, तर असल हाकिम बन्न सक्दैन ।

    [ ८ ] तिमी पैसा कमाउनकै लागि काम गर्छौ भने तिमी धनी बन्न सक्दैनौँ, धनी बन्नको लागि तिमीले आफूलाई मन पर्ने र आफ्ना ग्राहकलाई सन्तुष्टि दिने काम गर्नुपर्छ।

    [ ९ ] समय नै पैसा हो ।

    [ १० ] मेरो लागि सफलता भनेको पैसा होइन । मेरो काम देखेर मानिसहरुमा उत्प्रेरणा जाग्नु, मेरो लागि सफलता हो ।

    [ ११ ] जो व्यक्तिले आफ्नो आम्दानी भन्दा धेरै काम गर्छ, त्यो व्यक्तिले छिट्टै आफूले गर्ने काम भन्दा धेरै आम्दानी गर्नेछ ।

    [ १२ ] पैसा धेरै महँगो छ । धेरै पसिना बगाउनुपर्छ ।

    [ १३ ] यसरि काम गर कि, मानौं तिमीलाई पैसाको आवश्यकता नै छैन । यसरि नाँच कि, मानौं तिमीलाई कसैले हेरेको छैन । यसरि माया गर कि, मानौं कहिल्यै तिम्रो दिल टुटेको छैन

    धन सम्बन्धी दश महत्वपुर्ण भनाइहरुः

    [ १४ ] दुनियाँ सबै सम्पत्तिले पनि तपाइलाई राम्रो स्वास्थ्य किनेर दिन सक्दैन 

    [ १५ ] जो व्यक्तिहरुले यो सोच्दछ कि धनले उसलाई खुशी दिन्छ उसले अहिलेसम्म धन पाएकै छैन 

    [ १६ ] केही मानिसहरु एकदमै धनी हुन्छन उनिहरु सित पैसा बाहेक अरु केही हुदैन

    [ १७ ] इमानदारी राम्रो नीति हो यदि यसमा पैसा पनि होस्

    [ १८ ] सानो सानो खर्चबाट सावधान रहनुस एउटा सानो प्वालले पनि सिङ्गो पानीजहाजलाई डुबाइदिन्छ

    [ १९ ] दुनियाँ बुझ्नको लागि सबैभन्दा कठिन कुरा आयकर हो ू

    [ २० ] केही व्यक्तिहरु सित पैसा हुन्छ केही व्यक्तिहरु साच्चिकै धनी हुन्छन्

    [ २१ ] पैसा कमाउन पैसाको आवश्यकता पर्छ 

    साताको लोकप्रीय