विदेशबाट फर्किएका युवाद्वारा स्वरोजगार बनाउन ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम

विदेशबाट फर्किएका युवाद्वारा स्वरोजगार बनाउन ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम

अर्थ डबली
शुक्रवार, साउन १९ २०८०
अर्थ डबली
शुक्रवार, साउन १९ २०८० (अर्काइभ बाट)
  • विदेशबाट फर्किएका युवाद्वारा स्वरोजगार बनाउन ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम

    चितवन / विदेशमा श्रम बेचेर स्वदेश फर्किएका चितवनका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम दिन थालेका छन् । तालिमको बिहीबार एक कार्यक्रमबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे ।

    images
    images

    भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन सुरु गरेका हुन् । तालिम उद्घाटन समारोहमा श्रेष्ठले आफूले रकम बचाएर निःशुल्क तालिम गरेकामा सिग्देललाई बधाई दिँदै सहभागीलाई तालिमपछि स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा निराजन भट्टराईलगायतले आ–आफ्नो धारणा राखेका थिए । विदेशबाट फर्किएर सैलुन सञ्चालन गर्दै आएका सिग्देलले आफ्नो निजी खर्चबाट तालिम दिन लागेका हुन् । उनका अनुसार तालिमका लागि ८३ जनाले दरखास्त दिएकामा उनीहरूबाट ३० जना छनोट गरिएको हो । तीमध्ये छ महिला छन् । 

    ४५ दिनसम्म उनीहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ । यससँगै उनीहरूले आफैँले सैलुन सञ्चालन गर्न सक्ने उनले जानकारी दिए । शुल्क लिएर तालिम दिँदै सिग्देलले एक जनाको रु २० हजार लिने गरेका छन् ।

    सिग्देलले आफूले सैलुन सुरु गरेको १०औँ वर्षको अवसरमा जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीको निःशुल्क कपाल काट्दै आएका छन् । हरेक हप्ताको शुक्रबार सैलुनका कर्मचारीले विद्यालयमै पुगेर विद्यार्थीको कपाल काट्ने र स्वस्थ रहन सुझाव दिने गरेका छन् । गएको शुक्रबार सातौँ हप्ता कपाल काटेको उनले बताए । हरेक हप्ता ४५ देखि ६० जनाको कपाल उनको समूहले काट्दै आएको छ ।

    साताको लोकप्रीय