अदुवा हालेको चिया पिउनु स्वास्थ्यको लागि फाइदा कि बेफाइदा ?

अदुवा हालेको चिया पिउनु स्वास्थ्यको लागि फाइदा कि बेफाइदा ?

अर्थ डबली
शुक्रवार, साउन २६ २०८०
अर्थ डबली
शुक्रवार, साउन २६ २०८० (अर्काइभ बाट)
  • अदुवा हालेको चिया पिउनु स्वास्थ्यको लागि फाइदा कि बेफाइदा ?

    अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ ।तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्याउँछ ।

    images
    images
    images

    चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको चिया पिउन मन पराउँछन् । तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि नोक्सान पनि पुर्याउँन सक्छ ।

    अदुवा हालेको चिया पिउनुको फाइदा 

    १. चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ ।

    २. अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ ।

    ३. अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ ।

    ४. अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ ।

    ५. अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ ।

    ६. कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन ।

    ७. अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ ।

    ८. अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ ।

    ९. यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ ।

    १०. अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

    ११. यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ ।

    १२. अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ ।

    १३. यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।

    १४. अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।

    १५. यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित समेत बनाउँछ ।

    अत्यधिक अदुवा हालेको चिया पिउनुको बेफाइदा 

    – पखाला 

    अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढ्छ । अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र बेचैनी पैदा गराउँछ ।

    – उच्च रक्तचाप

    जो व्यक्तिमा उच्च रक्तचापको समस्या छ त्यस्ता व्यक्तिहरुले अदुवा हालेको चिया पिउनु फाइदाजनक हुन्छ । तर जो व्यक्तिको रक्तचाप सामान्य छ ती व्यक्तिका लागि अदुवा हालेको चियाले खासै फाइदा पुर्याउँदैन । यसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने गर्छ ।

    – कपाल

    अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ । अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्न सक्छ ।

    – जलन

    अदुवा हालेको चिया पिउँदा शरीरमा जलन उत्पन्न हुन्छ । अदुवामा हुने जिन्जरोलले पेटमा धेरै एसिड पैदा गर्छ र जलन पैदा हुन्छ ।

    – निन्द्रा

    अदुवाको चियाले निन्द्रामा समस्या उत्पन्न हुन्छ । अदुवा हालेको चिया सुत्नुअघि पिउनु हुँदैन ।

    साताको लोकप्रीय