कमाएको बचत कसरी गर्ने ? विश्व प्रसिद्ध लगानीकर्ताका बादशाह वारेन बफेटका १० टिप्स

कमाएको बचत कसरी गर्ने ? विश्व प्रसिद्ध लगानीकर्ताका बादशाह वारेन बफेटका १० टिप्स

अर्थ डबली
सोमवार, साउन ३२ २०७८
अर्थ डबली
सोमवार, साउन ३२ २०७८ (अर्काइभ बाट)
  • कमाएको बचत कसरी गर्ने ? विश्व प्रसिद्ध लगानीकर्ताका बादशाह वारेन बफेटका १० टिप्स

    वारेन एड्वार्ड बफेट एक अमेरिकी अर्वपति हुन् । उनी शेयर बजारका हस्ती मानिन्छन् । अगस्ट ३०, १९३० मा जन्मिएका उनी एक अमेरिकी अर्वपति मात्र होइनन् लगानीकर्ता तथा लोक परोपकारी व्यक्ति पनि हुन् ।

    images
    images

    उनले ९९ प्रतिशत ५  आफ्नो सम्पत्ति दान गरेका छन्, मुख्यतः बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेसनबाट । जो वर्कसायर हाथवेका अध्यक्ष र सिइओ हुन्। उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्ता मध्ये एक मानिन्छ।

    २३े २०१९ को डिसेम्बर अनुसार उनको खुद सम्पत्ति अर्व पुगेको थियो । विश्वको चौथो सर्वाधिक धनी व्यक्ति हुनपुगेका उनी बफेट ओरेकल अफ ओमाहा अर्थात् ओमाहाको सबै भन्दा ठुलो लगानीकर्ताको रूपमा पनि चिनिन्छन ।

    उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्प्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फूड्स जस्तो ठुलो कम्पनीहरूमा धेरै लगानी गर्ने गर्थे गरेका छन् । यी कम्पनीहरूमा ठुलो स्वामित्व कसैसंग छ भने त्यो वारेन बफेटसंग रहेको छ ।

    हो उर्न विख्यात व्यक्ति बफेटले कमाउने मात्र होइन परिवारलाई कसरी हेर्ने बचत कसरी गर्ने भन्ने विभिन्न स्थानमा आफ्नो सन्देश दिएका छन् । हेर्नुस केही त्यस्ता महत्वपूर्ण टिप्सहरु जसले तपाईको जिवन परिवर्तन गर्न सक्छ ।

    १. थोपाबाट समुद्र बन्छः

    उनले गुरु बेन्जामिन ग्राहमको कम्पनी काम गर्दा त्यहाँबाट कमाएको रकम मध्ये अधिकाशं रकम बचत गरे । खर्चबाट बच्नका लागि उनले स–साना रकम पनि बचत गर्ने कुरामा जोड दिन्थे । कतिसम्म भने आाफूलाई पढ्नैपर्ने कुरामा जोड दिन्थे । यसरी आफूले पढनै पर्ने पत्रिकाहरु पनि नयाँ नकिनी पुराना किन्थे । 
    यसरी बचाएको स–सानो रकमलाई उनी अनावश्यक रुपमा खर्च गर्दैनथे । उनलाई थाहा थियो, थोपाबाट समुद्र बन्छ । यसरी बचत गर्दा अरुले के भन्छन् भन्ने होइन्, यसो गर्दा आफूलाई कस्तो फाइदा हुन्छ भन्ने कुरामा ध्यान केन्द्रीत गर्न । अरुले गर्ने कुरामा चल्ने भन्दापनि आफ्नो विवेकले ठानेको कुरामा ध्यान दिन्थे । 

    २.दुविधा नलिनेः

    आफूले गर्नुपर्ने वा गर्ने कुरामा दुविधा वा यो गरुँ कि त्यो गरुँ अवस्थामा नरहने । कुनै एउटा निर्णय लिने । त्यो निणर्य सहि भयो भने त जीवन परिवर्तन भई हाल्यो, कसैगरी गलत भएछ भने पनि त्यो गल्तीबाट सिक्ने । दुविधामा हुने मानिसहरुले निर्णय गर्ने क्षमताको ढिलाईका कारण जीवनमा आएका कैयौँ अवसर पुरै कम्पनीलाई डुबाउने सम्भावना हुन्छ । त्यसैले आफूसँग भएका सुचनालाई राम्रोसँग अध्ययन गरिसकेपछि तुरुन्त निणर्य लिनुपर्दछ । यसमा दोधार हुने वा दुविधा पालिरहने कारण छैन ।

    ३. काम गर्नुअघि कामको प्रकृति बुझनेः

    कुनै कम्पनी लिने, व्यावसाय गर्न निणर्य गर्नुअघि वा काम थाल्नुअघि त्यो कामको प्रकृति र पवृत्ति बुझ्न जरुरी छ । माथि भनिएका १२ प्रश्नहरु आफूलाई सोधेर पक्का भइसकेपछि मात्र निणर्य गर्ने । कुनै कम्पनीको निणर्य गरिएको कागजमा हस्ताक्षर गर्नुअघि त्यसमा लेखिएका एक एक शब्दलाई राम्रोसँग अध्ययन गर्ने । लामो र पढ्न झण्झटिलो लाग्ने बुँदाहरुलाई भरसक एक पेजमै सीमित हुने गरी कागजात बचाउने।

    ४.स–साना चुहावट रोक्नेः

    कम्पनीमा गरिने स–साना खर्च कत्तिको आवश्यक छन भनी विश्लेषण गर्ने । कम्पनी
    कम्पनीका ठुला खर्चलाई मात्र होइन, साना खर्चलाई पनि नियन्त्रण गर्ने । धेरै ठाउँमा भइसकेका स–साना खर्च चुहावट रोक्दा पनि कम्पनीको धेरै खर्च जोगिई नाफामा जाने सम्भावना प्रबल हुन्छ । कम्पनीका नाउँमा गरिने कुनै खर्च गर्नुअघि ्रत्यसो गर्नु उचित हुने÷नहुने बारे राम्रोसँग सोच विचार गर्नुहोस ।

    ५.ऋणबाट जीवन चलाउने

    खोज्नेहरु कहिल्यै पनि धनी बन्न सक्तैनन् । त्यस्तै कुनै कम्पनी चलाउँदा पनि अत्यधिक ऋणमा छ भने त्यो कम्पनी लामो समयसम्म नाफा दिन सत्तैmन । त्यसैले कम्पनीलाई भरसक ठुलो ऋणमा चल्ने जीवन तनावको जीवन हुन्छ । क्रेडिट कार्ड चलाएर तपाईले आफनो निजी जीवनस्तर त सुधार गर्न सक्नुहोला । तर त्यसैले तपाईको स्वास्थ्यलाई निश्चय नै नराम्रो असर पु¥याउँछ ।

    ६.अरुलाई नपछ्याउनुस :

    भिडले जसोजसो भन्छ, त्यसलाई नसुन्नुहोस । भिडको पछाडी नलाग्नुहोस ।  लिकबाट भिन्दै हिँडने प्रयास गर्नुहोस । यसो गर्नका लागि आफ्रनो मौलिक  सीपलाई सोच विकसित गर्नुहोस । झुण्डको अंश बनेर आफनो कला र सीपलाई व्यर्थमा खर्चमा नगर्नुहोस् । लगानी गर्ने बेलामा त झन् यस्ता कुरामा पछि लाग्नु हुँदैन् । आफ्नो मौलिक सोच, विश्लेषणमाथि विश्वास गर्नुहोस् ।

    waren bafet.PNG

    ७. निरन्तरता दिनुहोस्ः

    जहिले पनि आफूले गरेको कामको निरन्तरता दिनुहोस् । आफूलाई विश्वास भएको काम समाउनुहोस् । वारेनले आफनो काममा जीवनभर कामको निरन्तरता, आफ्ना पार्टनरलाई सधैँ आफूसँग अघि बढाउने निर्णय लिएर अघि बढिरहे जसका कारणले उनी लगानीका ठाउँमा विगत ६० वर्षदेखि निरन्तर छँदैछन् । उनको कम्पनी बर्कसायर हाथ वे पनि उनीसँगै कहिले चिप्लिँदै, कहिले दौढिदै अघि बढिरहेको छ । अप्ठेरा दिनमा त झन् छोड्ने कुरै आएन ।

    ८. भरसक नोक्सानीबाट टाढै रहने प्रयास गर्नुहोसः

    लगानी गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा चाहँी  तपाईले लगानी गरेको कम्पनीले सोचेभन्दा बढ्ता घाटा बेहोरिरहेको छ भने त्यसबाट तुरुन्तै आफ्नो हात झिकिहाल्नुहास् किनभने ठुलो लगानी भएको ठाउँमा लामो समयसम्म घाटा भइरह्यो भने त्यसले नाफा कमाइरहेका अन्य कम्पनीलाई पनि असर पार्ने सम्भावना हुन्छ । नोक्सानी हुने ठाउँमा लगानी नगर्ने, लगानी गरेको ठाउँमा सोचेभन्दा बढी आर्थिक रुपमा अप्ठ्यारो पारे त्यसलाई चटक्कै भुल्दा राम्रो हुने वारेनको धारणा छ ।

    ९.जोखिम आँकलनमा ध्यान दिनेः


    कुनैँ पनि कम्पनीमा हुने नोक्सानी मुल कारण सुरुमा नै  गरिने जोखिम आँकलनमाा भएको कमजोरी हुन्छ । जोखिम आँकलनमा सबैभन्दा बढि ध्यान दिनुपर्छ । यसो गर्दा त्यसले लामो समयसम्म तपाईको गोजी सोस्ने सम्भावना कम हुन्छ । जोखिम आँकलन र जोखिम न्युनीकरणका उपायले लामो समयावधिसम्म टिकाउ प्रतिस्पर्धात्मक क्षमता बोकेका कम्पनीले बिस्तारै तपाईलाई नाफा दिन सक्छन् ।

    १०.सफलताको वास्तविक अर्थ बुझ्नुहोस्ः

    माथिका सबै कुरा आर्थिक सफलता हुन सक्छन् तर आर्थिक सफलता नै जीवनको ध्येय नबनाउनुहोस् । जीवनमा आर्थिक सफलतासँगै पारिवारिक सफलता, श्रीमान–श्रीमतीबीचको सम्बधगत सफलताको अर्थ पनि छ । जीवनमा एउटा समयसम्म मात्र पैसाको सफलताको राख्छ तर त्योभन्दा बढी पारिवारिक र वैवाहिक सम्बन्ध सफलतामा ध्यान दिनुहोस् । त्यसका लागि आफनो सपनाको मुल्य परिवारलाई प्रयास बुझाउनुहोस । उनीहरुलाई पनि आफुलाई रमाइलो लाग्ने कुराहरुमा जोड्ने प्रयास गर्नुहोस् । जोडिन् सकेनन् भने उनीहरुको खुसीमा, उनीहरुलाई रमाइलो लाग्ने वा उनीहरुको कुरालाई पनि प्रयास गर्नूहोस ।

    वारेनका सन्तानले आफु जे बन्न चाहन्छन, पिता भएको नाताले जहिले पनि मार्गदर्शन गर्ने , उनीहरुको खुसीमा साथ दिने कुरामा कहिल्यैँ कञ्जुस्याई गरेनन्। श्रीमतीका लागि एकान्तिक वातावरण बनाउने कुरामा सधैँ ध्यान दिए। यसरी  अरुका खुसीसँगै आफनो खुसीलाई पनि नसक्ने? हुन सक्छ, वारेनले भन्दा मज्जाले तपाईले नै ती कुराहरु सन्तुलित रुपमा अघि बढाइरहनु भएको होला !त्यसो भए, तपाई वारेन भन्दा सफल व्यक्ति हुनुहन्छ।

    विभिन्न एजेन्सी तथा वारेन बफेटको पुस्तकको सहयोगमा तयार पारिएको 

    साताको लोकप्रीय