images
Logo
images
images
images

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ, एक करोडभन्दा बढी रकम विनियोजन

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ, एक करोडभन्दा बढी रकम विनियोजन

शुक्रवार, बैशाख २८ २०८१
शुक्रवार, बैशाख २८ २०८१
  • images
    images
    चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ, एक करोडभन्दा बढी रकम विनियोजन

    धादिङ / जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास) र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन् ।

    images
    images

    गोरखा जिल्लाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारबाट सुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नं ६ बसेरीमा भैँसेगाउँ छ ।

    गुरुङ समुदायको बाहुल्यता रहेको भैँसेगाउँमा पर्यटन प्रवद्र्धन गर्न गङ्गाजमुना गाउँपालिकाले घरबास निर्माणको काम अगाडि बढाएको छ । 

    गुरुङ जातिको एक सय ५० घरधुरी रहेको भैँसेगाउँमा बसोबास गर्ने धेरै स्थानीय नेपाल, भारत र बेलायती सेनामा कार्यरत छन् ।

    आफ्नो जागिरे जीवनको अवकाशपछि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता बोकेका यहाँका गुरुङ समुदाय आफ्नो गाउँका विकासका लागि लागिपरेका छन् । 

    गाउँपालिका– ६ का वडा सदस्य एवं भैँसे गाउँका स्थानीय धनबहादुर गुरुङले गाउँको पर्यटन विकासका लागि भैँसेगाउँ जुटेको बताए । 

    भैँसेगाउँमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहिँ उत्पादित स्थानीय खानेकुरा ख्वाइन्छ ।

    गङ्गाजमुना गाउँपालिका–६ मा एक हजार ७६ घरधुरी छन् । जसमध्ये झण्डै चार सय घरधुरी गुरुङ समुदायको छ । गुरुङबाहेक यस गाउँमा ब्राम्हण, क्षेत्री, घले, नेवार, राईसमेत बसोबास गर्छन् । 

    समुन्द्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा अवस्थित आर्खेत बजारदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको तीनसुरे भ्यू प्वाइन्टसम्म यो वडा फैलिएको छ ।

    प्राकृतिक सम्पदाले धनी रहेको यस वडामा सुन्दर हावापानी, जल, जङ्गल, बाक्लो बस्ती, खेतीयोग्य जमिन रहेको छ । 

    गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल घरबास र पुरानो चौँरी घोडा नाचमार्फत भैँसे गाउँ पर्यटन प्रवद्र्धनमा जुटिरहेको बताउछन् । 

    “गङ्गाजमुना तीनसुरे पदमार्ग’मा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको अग्र्यानिक खाद्यान्न र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि भैँसे गाउँ घरबास निर्माण गरेका हौँ”, पर्यटन संयोजक ढकालले भने । 

    भैँसे गाउँमा नेपालकै सबैभन्दा पुरानो माने गुम्बासमेत छ । नेपालकै दोस्रो लामो झोलुङ्गे पुलले यस वडालाई छोएको छ । उक्त पुलको लम्बाइ चार सय २० मिटर र उचाइ तीन सय ५० मिटर रहेको छ । 

    बसेरी फार्म हाउससमेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो । यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ ।

    यस गाउँपालिकाभित्र भैँसे गाउँमा मात्र नाचिँदै आएको परम्परागत नाच ‘चौँरी घोडा नाच’ यहाँको आकर्षक नाच हो । 

    तिब्बत र नेपालको युद्धपछि तिब्बतलाई नेपालले पराजित गरेपछि उक्त नाच नाच्न थालिएको इतिहास छ । 

    उक्त नाच धादिङको रुविभ्यालीपछि भैँसे गाउँमा नाचिँदै आएको छ । उक्त नाचको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको गाउँपालिकाका वडासदस्य नवराज ढकालले जानकारी दिए । 

    भैँसे होमस्टेदेखि गङ्गाजमुना तीनसुरे पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुगिन्छ । बन्दी डाँडाबाट अदुचेत खर्क, नाङ्गे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ ।

    गङ्गाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यहाँ भएका प्रकृति र संस्कृति सम्पदालाई जोगाउँदै सिङ्गो गङ्गाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले काम गरिरहेको बताए । 

    “गङ्गाजमुनाले अगाडि बढाएको पाँच वटा गौरवको आयोजनामध्ये तीन वटा आयोजना पर्यटन क्षेत्रका छन्, गङ्गाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ”, उनले भने । 

    गङ्गाजमुनाले वडा नं ६ मा रहेको भैँसे गाउँ र वडा नं ३ मा रहेको अम्बोटे गाउँमा होमस्टे सञ्चालन गरिरहेको छ । होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य भएको उनको भनाइ छ ।

    यसगाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रको समग्र पर्यटन क्षेत्रको विकासका लागि रु एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । 

    गङ्गाजमुना गाउँपालिकामा ब्राह्मणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृति अनुभव गर्न पाइन्छ । 

    – अच्युत रेग्मी, रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार