ब्रिटिस कलेजद्वारा नयाँ भर्ना भएका विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न 

ब्रिटिस कलेजद्वारा नयाँ भर्ना भएका विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न 

अर्थ डबली
सोमवार, माघ २६ २०७७
अर्थ डबली
सोमवार, माघ २६ २०७७ (अर्काइभ बाट)
  • ब्रिटिस कलेजद्वारा नयाँ भर्ना भएका विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न 

    काठमाडौँ / थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका बिद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई सहभागी गराईएर आइतबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

    images
    images

    बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सो कार्यक्रम भएको थियो । बीएस्सी हन्स, कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका  विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

    कोभिड-१९ को महामारीको कारण सन् २०२० मा कक्षाहरु भर्चुअल संचालन भएकोले विद्यार्थीहरु पहिलो पटक साक्षत्कार भएका हुन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिन्टिेसन कार्यत्रमको आयोजना गरेको हो । 

    नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको छ ।

    सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो ।

    हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । 

    कार्यक्रममा सहभागीहरु सबैले मास्क देखी स्यानिटाइजर सम्मका सबै प्रवीधीहरू  प्रयोग भएका थिए ।त्यसैगरी  कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

    कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो । 

    उनीहरुले कोभिड– १९ को अवस्था  अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा बिषेश ध्यानाकर्षकोलागी  विद्यार्थीहरुलाई सचेत गराए । साथै, यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कूनैपनी सम्झौता नहूने  प्रतीबध्धता व्यक्त गरेका थिए ।

    कार्यत्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा बिभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

    औपचारिक कार्यक्रमको समापन  कलेजका हेड अफ द स्कुल अफ विजनेश अरुण बज्राचार्य गरेका थिए । औपचारिक कार्यक्रमको अन्त्य भएपछि विद्यार्थी तथा सहभागीहरु लन्च तथा चियापान समारोहमा सहभागी भएका थिए । सो समारोहपछि विद्यार्थीहरुबीचको सौधारता र घूलमील बढाउने उदेस्यले बिभिन्न खेलहरु पनि खेलाइएको थियो ।

    कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । नयाँ विद्यार्थीहरुलाई पनि दुबै तरिकाबाट कक्षा लिइने भएको छ । भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको छ । 

    हातामा प्रवेश गर्नुअघि अनिवार्य स्यानिटाइजेशन, तापक्रम मापन, मास्क तथा डेस्क बेन्च पनि उचित दूरी कायम गरिएको छ । कलेजका अनुसार अवस्था सामान्य नभइन्जेलसम्म यसरी नै कक्षाहरु संचालन हुनेछ ।

    साताको लोकप्रीय