तीन बर्षमा मोबाइल फोनको आयात दोब्बर 

तीन बर्षमा मोबाइल फोनको आयात दोब्बर 

अर्थ डबली
शनिवार, चैत २१ २०७७
अर्थ डबली
शनिवार, चैत २१ २०७७ (अर्काइभ बाट)
  • तीन बर्षमा मोबाइल फोनको आयात दोब्बर 

    तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ ।

    images
    images

    आर्थिक वर्ष २०७५/७६ को फागुनमा १२ अर्ब ६३ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा १४ अर्ब ३७ करोड ३ लाख ९६ हजार रुपैयाँ बराबरको मोबाइल फोन आएको छ ।


     त्यस्तै आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ ।

    यो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १३ अर्ब ६७ करोड ४३ लाख ४७ हजार रुपैयाँ बढी हो। त्यस्तै आर्थिक वर्ष २०७६/७७ को तुलनामा ११ अर्ब ९३ करोड ५० लाख ९८ हजार रुपैयाँले धेरै भएको विभागको तथ्याङ्क छ । 
    आजको कान्तिपुर दैनिकमा समाचार छ । 

    साताको लोकप्रीय