काठमाडौँ / नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज २४ गते बसेको सञ्चालक समितिको ३७५ औं बैठकले आर्थिक बर्ष २०७७/०७८को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र सो मा लाग्ने ३.५ प्रतिशत नगद लाभांश गरी कूल १५.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकले अघिल्लो आर्थिक बर्षको मुनाफाबाट २.४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गरेकोमा यस बर्ष भने बढाएको हो ।
बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने ३.५ प्रतिशत लाभांश भने बोनस शेयरमा लाग्ने करसमेत गरी भएको बैंकले जनाएको छ ।
सो लाभांश रकम नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।