डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार  

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार  

अर्थ डबली
मंगलवार, असोज २६ २०७८
अर्थ डबली
मंगलवार, असोज २६ २०७८ (अर्काइभ बाट)
  • डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार  

    काठमाडौँ / डिशहोमले नेपालभर पुग्ने लक्ष्यका साथ फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार गरेको छ । 

    images
    images

    देशको विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा सेवा विस्तार गरेको हो । 

    पुगेको जानकारी बिक्रि प्रबन्धक मनोज शर्माका अनुसार नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र बिराटनगर  लगायत अन्य स्थानमा पुगिसकेको छ । कम्पनीले चाडैँ नै नेपालगञ्ज र धनगढीमा पनि सेवा विस्तार गर्ने जानकारी दिएको छ । 

    प्रबन्धक शर्माले ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने दावी गरे । 
    ग्राहकहरुले मासिक मात्र रु ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नुहुनेछ । 

    अहिले नेपालीहरुको घर आँगनमा चाड पर्वको मौसम छाई सकेको छ, यो रमाईलो पर्वको मौसमा थप खुशीयाली र उत्साह थप्न डिशहोम फाईवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ ।

    २०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ । 

    साताको लोकप्रीय