पदयात्रा पर्यटनमा उत्साह, झरीले धोका दियो 

पदयात्रा पर्यटनमा उत्साह, झरीले धोका दियो 

अन्नपूर्ण आधार शिविर (एविसी) सँगै मर्दी हिमाल पदयात्रा र माछापुछ्रे पदमार्गमा विदेशी/ स्वदेशी पर्यटक दसैँमा उल्लेख्य बढेका थिए । मौसमको प्रतिकूलताका बाबजुद पनि पदमार्ग क्षेत्रमा चाप देखिन्छ ।

अर्थ डबली
शुक्रवार, कार्तिक ५ २०७८
अर्थ डबली
शुक्रवार, कार्तिक ५ २०७८ (अर्काइभ बाट)
  • पदयात्रा पर्यटनमा उत्साह, झरीले धोका दियो 

    पोखरामा क्रियाशील पत्रकार श्याम राना दसैँलगत्तै अन्नपूर्ण अधार शिविरसम्मको पदयात्रामा निस्कए ।  कोरोनाका कारण लामो समयसम्म घरबाट निस्कन नपाएका पर्यटक यतिखेर खुसीका साथ अन्नपूर्ण आधार शिविर क्षेत्रमा पदयात्रा गरिरहेका छन्, पत्रकार रानाका अनुसार पदयात्रा गर्न पाउँदा पर्यटक हर्षित त छन् ।

    images
    images

    उनीसँगै काठमाडौँबाट आएका अन्य दुई सञ्चारकर्मी पनि थिए । 

    कोरोनाका कारण झण्डै दुई वर्षयता ठप्प जस्तै बनेको अन्नपूर्ण आधार शिविर (एविसी) क्षेत्रको पदयात्राका लागि देशका विभिन्न स्थानबाट आएका आन्तरिक पर्यटकमा पदयात्राप्रति देखिएको आकर्षण तथा उत्साहले उनी यतिखेर दङ्ग छन् । 

    अन्नपूर्ण आधार शिविरसम्म पुग्दा र फर्कंदा बाटोमा लस्करै देखिएका पदयात्रीको चापले सो क्षेत्रका पर्यटन व्यवसायीलाई आफूले निकै उत्साहित पाएको उनले बताए । 


    लामो समयदेखि प्रभावित पदयात्रा पर्यटनले गति लिएसँगै सो क्षेत्रका व्यवसायीलाई पर्यटकलाई न्यानो आतिथ्यतासँगै खानपान र बसोबासको व्यवस्था गर्न भ्याइनभ्याइ छ । 

    कोभिड–१९ को महामारीका कारण दुई वर्षयता सुनसान बनेका अन्नपूर्ण संरक्षण क्षेत्रका पदमार्ग दसैँको आगमनसँगै आन्तरिक पर्यटकले भरिभराउ भए । कोरोनाले बन्द यस क्षेत्रको पदयात्रा आगामी असोज पहिलो साताबाट खुलेको हो । 

    nepal bank - ritesh.JPG

    विश्वकै उत्कृष्ट १० मध्येको उक्त  पदमार्गमा पर्ने सो आधार शिविर क्षेत्रमा स्वास्थ्य मापदण्ड बनाएर पदयात्रा  खोलिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङले  बताए ।

    नजिकैबाट हिमाल नियाल्दै पदयात्रा गर्न पाउनु यस पदमार्गको विशिष्टता रहेको र यस क्षेत्रको पदयात्रामा आउनेका लागि अधिकतम सेवासुविधा उपलब्ध गराउनेतर्फ यहाँका व्यवसायी क्रियाशील रहेको युवा पर्यटन व्यवसायी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले  बताए ।


    यस पदमार्ग क्षेत्रका २६ होटलले पर्यटकलाई सेवा दिइरहेकामा अन्य १० होटेल थप्ने भनिए पनि कोरोनाका कारण त्यो सम्भव हुन सकेको थिएन । 

    चार दशकअघि उक्त आधार शिविर जाने पर्यटक त्यहाँका भेँडीगोठ र चित्रा÷भकारीले बारेका झुपडीमा बस्नुपर्ने बाध्यतालाई भने सुविधासम्पन्न होटेलको निर्माणले अन्त्य गरिदिएको छ ।

     विसं २०४३ मा स्थापित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पहलमा २०४९ सालपछि उक्त क्षेत्रमा होटल सञ्चालनमा आएका हुन् । एक्यापले निर्धारण गरेको मापदण्डअनुसार पदयात्रा मार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुछ्रे र अन्नपूर्ण आधार शिविरसम्म होटेल चलेका थिए । 

    मापदण्ड अनुसार प्रत्येक होटलमा छसहित १५६ कोठामा पर्यटक बस्न सकिने व्यवस्था छ । कोरोना सुरु हुनुभन्दा अघिका वर्षमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण  गर्ने  यस क्षेत्रमा पछिल्लो दुई वर्ष भने कोरोनाका कारण सुनसान जस्तै बनेको थियो ।

     सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको हो । 

    आठ हजार ९१ मिटर उचाइको सो हिमाल आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । 

    अन्नपूर्ण आरोहणको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटरको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेपछि सो क्षेत्र पदयात्राका दृष्टिबाट पनि उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनियो । 

    घान्द्रुकबाट अन्नपूर्ण आधार शिविरसम्म पुग्न बाह्यले सामान्यतः चार र आन्तरिक पर्यटकले तीन दिन लगाउँछन् ।

    पछिल्ला वर्षमा यहाँका होटलले विदेशी परिकार पनि पस्कन थालेका छन् । एक्यापले स्थानीयवासीलाई बेलाबेलामा तालिम दिँदै आएको छ । होटेलले विदेशी परिकार बनाउन सक्ने कुक राख्न थालेका छन् । 

    होटलको क्षमता विस्तारसँगै पदमार्ग क्षेत्रका देउरालीको पूर्वतर्फको पहाडमा रहेका बुद्धाकृति, दोभान र हिमालको बीचमा अवस्थित प्राचीन पुजनीय बराह तथा सो मन्दिर परिसरबाट देखिने १०८ धारा, झिनुडाँडास्थित तातोपानीको कुण्डजस्तास्थललाई थप व्यवस्थित गर्न चासो बढ्नुका साथै यी स्थानले पदयात्री पर्यटकलाई लोभ्याउने गरेका छन् ।

    मौसमको प्रतिकूलताका बाबजुद पनि दसैँलगत्तै पदमार्ग क्षेत्रमा देखिएको चापले यहाँका व्यवसायीमा उत्साह जगाएको गुरुङले  दिए ।

    अन्नपूर्ण आधार शिविर (एविसी) सँगै मर्दी हिमाल पदयात्रा र माछापुछ्रे पदमार्गमा दसैँयता केही विदेशीसहित स्वदेशी पर्यटक दसैँमा उल्लेख्य बढेका थिए ।

    पर्यटक नआउँदा लामो समय सुनसान बनेका पदमार्गका होटल तथा रेष्टुरेन्ट भरिभराउ बनेपछि पर्यटन व्यवसायीको मन उत्साहित बनाए पनि केही दिन यताको मौसमको प्रतिकूलता र लगायतका झरीले भने उनीहरूको मन कुँडिएको छ ।

    दसैँको घटस्थापनादेखि पदमार्गमा आन्तरिक पर्यटकको चाप बढ्दै गएकामा दसैँको टीकाको भोलिपल्टदेखि त यहाँका होटलमा कोठा पाउनै मुस्किल पर्न थाल्यो । 

    nepal bank - ritesh.JPG

    होटलका कोठा पाहुनाले भरिए । आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिएको पदमार्ग पर्यटकको आकर्षणलाई केही दिन यताको लगातारको वर्षाले भने प्रभावित बनाएको छ ।

    मर्दी हिमालको हाइक्याम्पमा होटल स्नोल्याण्ड एण्ड स्पा सञ्चालन गर्दै आउनुभएका राजु पौडेलले घटस्थानादेखि मर्दी पदयात्रामा आन्तरिक पर्यटक व्यवस्थापन नै गर्न हम्मेहम्मे पर्ने गरी गरी बढे पनि मौसमको प्रतिकूलताले धेरै पर्यटकले बुकिङ सार्न थालेको बताए ।

    पर्यटक बढेपछि हाइक्याम्पमा चालू अवस्थामा रहेका ११ वटा होटलमा पर्यटकलाई बास र खानाको प्रबन्ध गर्नसमेत भ्याइनभ्याइ भएको  उनले सुनाए । 

    “हामीले सोचेभन्दा धेरै पर्यटक अहिलेको दसैँमा मर्दी हिमाल आउनुभयो, कूल पर्यटक आवागमनमा १० प्रतिशत जति विदेशीसमेत हुँदा हाम्रो मनमा खुसी छाएको थियो”, उनले भने, “मौसमको प्रतिकूलताका कारण कतिपयले बुकिङ सारेको र कतिपयले रद्दसमेत गर्नुपरेको हुँदा मन खिन्न भएको छ ।”

    उनले केहीले बुकिङ पछाडि सारे पनि बिग्रँदो मौसमका कारण आफूहरू चिन्तित बनेको जनाउँदै भने,“मौसम सामान्य नै रहेको भए यसपटक तिहारसम्म नै पर्यटक थामिनसक्ने गरी आउने देखिएको थियो, त्यहीअनुसार अग्रिम बुकिङ पनि लिएका थियौँ ।”

     “कोरोनाले दुई वर्षसम्म दिएको पीडा अहिले भुलाउँदै खुसी साट्न नपाउँदै मौसमले धोका दिएको छ”,  उनले थपे ।

    मौसममा बदलावका कारण अधिकांश पर्यटकले पदयात्रा स्थगन गरे पनि केही पर्यटक भने झरीको प्रवाह नगरी रेनकोट र बुट लगाएर भए पनि पदयात्रामा गरिरहेका छन् । 

    कोभिडका कारण लामो समय घरभित्रै गुम्सिएका अहिले चुनौतीको सामना गरेर भए पनि पदयात्रामा निस्किएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

    मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिका संस्थापक अध्यक्ष एवं होटेल ट्रेकर्स प्याराडाइजका सञ्चालक सुदीप गौतमले दसैँ सुरुपछि दैनिक ३०० जनाको हाराहारीमा पदयात्राका लागि पर्यटक मर्दी हिमाल आएको  बताए ।

    दसैँ र तिहारको बिदासम्म पर्यटकको चाप यसभन्दा बढी हुने विश्वास आफूहरुले लिए पनि वर्षाका कारणले केही प्रभावित बनाएको उनले बताए । 

    सरकारले वर्षाका कारण पदयात्रा नगर्न भने पनि मर्दी हिमालको आधार शिविरसम्म पुग्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

     “पोखरामा बढेको पर्यटकको चापको प्रभाव पदयात्रा पर्यटनमा समेत पर्ने गरेको छ । पदयात्रा पर्यटनमा देखिएको आकर्षणले छिट्टै पर्यटन पुनःस्थापना हुने विश्वासमा थियौँ”, उनले भने, “अहिले मौसम प्रतिकूल बने पनि एक÷दुई दिनमै सुधार भएमा पर्यटकको पहिलाको चाप पुनः बढ्ने विश्वासमा छौँ ।”

    मर्दी पदयात्राका धम्पुस, अष्ट्रेलियन क्याम्प, पोथना, हाइक्याम्प, लो क्याम्पका होटल तथा रेष्टुरेन्ट सबै खुलेका छन् । होटलमा आउने पर्यटकका लागि स्वास्थ्य मापदण्ड पालना गराउने गरिएको गौतमले बताए । 

    विदेशी पर्यटक आउन समय लाग्ने भएकाले आन्तरिक पर्यटकमै अझै केही महिना पर्यटन निर्भर हुने बताइन्छ ।

    विगतका वर्षमासमेत विशेषगरी दसैँको आसपासमा यस क्षेत्रमा पर्यटकको बाक्लो चहलपहल हुने गरेको थियो । विगतमा विदेशी पर्यटक उल्लेख्य हुने गरे पनि दुई वर्षयता विदेशीको आगमन भने अत्यन्त न्यून छ ।

    छोटो अवधिमा नजिकबाट हिमशृङ्खलाको अवलोकन मर्दी पदयात्राको आकर्षण हो । पदयात्री मौसमनुसारका फूल फुल्ने हरियालीसँग यात्राका क्रममा आनन्दित हुने गर्दछन् । 

    गत वर्ष दसैँ तिहारमा पर्यटकको घुइँचो भएपछि कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रामा आउने पर्यटकसँग पीसीआर रिपोर्ट अनिवार्य गरिएपछि पर्यटक घटेका थिए । पछि निषेधाज्ञा जारी भएपछि सबै होटल बन्द गरिएका थिए ।

     सो पदयात्रामा जाने पोखराबाट धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको अष्ट्रेलियन क्याम्प, पोथना देउराली, फरेष्ट क्याम्प, लो क्याम्प, हाइक्याम्प हुँदै चार हजार ५०० मिटर उचाइमा अवस्थित मर्दी हिमालको आधार शिविरसम्म पुग्ने गर्दछन् ।

     पोखराबाट जीपमा माछापुछ्रे गाउँपालिकाको सिदिङसम्म पुगेर त्यहाँबाटसमेत मर्दी हिमाल पुग्न सकिन्छ । पछिल्लो समय पोखरा–२५ को मेलबोटदेखि नै पदयात्रा सुरु गर्ने गरी नयाँ पदयात्रामार्गको खोजी गरेर पैदलमार्ग निर्माण गरिएको हो ।

    मेलबोटदेखि पदयात्रा शुरु भएर, अस्ताम, धिताल, धम्पुस, प्रितम देउराली तथा धिताल ल्वाङ, घलेल कालीमाटी हुँदै मर्दी हिमाल जोड्ने गरी पदयात्रामार्ग विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माण गरी नयाँ मार्गको विकास गरिएको छ ।
     पदयात्राका लागि मौसम सुधार भएपछि आउने गरी केही समूहले सोधपुछ गरिरहेको उनले बताए । 

    उनले भने, माछापुछ्रे पदयात्रा प्रवद्र्धन सुरु गरेको छोटो समयमा पनि आन्तरिक पर्यटकको चहलपहल बढेको छ, इन्क्वारी आउन थालेको छ, विस्तारै राम्रो होला ।”
     
     यसैगरी पछिल्लो समय माछापुछ्रे गाउँपालिका–१ को टुसेबाट ग्रेट माछापुछ्रे ट्रेल समिति (जिएमटी) मार्फत माछापुछ्रे पदयात्रा पर्यटनको प्रवद्र्धन सुरु गरिएको छ । समितिका उपाध्यक्ष सरोज गुरुङले दसैँको आसपासमा  माछापुछ्रे पदयात्रामा पर्यटकका चार वटा ग्रुप आए पनि अहिले कम भएको  उनले बताए ।

     

    साताको लोकप्रीय