माधव नेपालले भने – अब एमालेको झन्डा बाँदरको हातमा पुग्छ 

माधव नेपालले भने – अब एमालेको झन्डा बाँदरको हातमा पुग्छ 

अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८
अर्थ डबली
बिहिवार, मंसिर ९ २०७८ (अर्काइभ बाट)
  • माधव नेपालले भने – अब एमालेको झन्डा बाँदरको हातमा पुग्छ 

    काठमाडौं/ भोलि मंसीर १० गते नेकपा एमालेको महाधिबेसन चितवनमा हुँदैछ । यसै सन्दर्भमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तिखो टिप्पणी गरेका छन् । 

    images
    images

    उनले समाजबादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा भने, एमालेको झन्डा अब बाँदरको हातमा पुग्छ । 

    समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले यस्तो बताएका हुन् । 

     ‘एमालेको झन्डा अहिले गैँडाले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’ उनले उक्त कार्यक्रममा भनेका थिए ।  गैँडाले एमालेको झन्डा उचालेको लोगो एमालेले सार्वजनिक गरेको थियो । 

    यस्तै, उनले अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाब दिएको पनि नेपालले बताए । 

    समाजबादी पार्टी अहिले पार्टी निर्माणको अभियानमा देशभर विभिन्न कार्यक्रम लिएर हिडेको छ । साझा पार्टीको एउटा पक्षसँग एकताको कुरा भइरहेको नेपालले बताएका छन् ।  

     

    साताको लोकप्रीय