प्रचण्ड - नेपाल पक्षको दाबीपछि आयोगले नेकपा आधिकारिता विवाद निरुपणको प्रक्रिया अघि बढाउने 

प्रचण्ड - नेपाल पक्षको दाबीपछि आयोगले नेकपा आधिकारिता विवाद निरुपणको प्रक्रिया अघि बढाउने 

अर्थ डबली
आइतवार, फागुन २३ २०७७
अर्थ डबली
आइतवार, फागुन २३ २०७७ (अर्काइभ बाट)
  • प्रचण्ड - नेपाल पक्षको दाबीपछि आयोगले नेकपा आधिकारिता विवाद निरुपणको प्रक्रिया अघि बढाउने 

    चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

    images
    images

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै विवाद निरुपण गर्न प्रक्रिया अघि बढाउने बताएको हो ।

    ‘सम्भवतः आइतबार बस्ने आयोगको बैठकबाटै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम प्रक्रियामा लैजानेछु,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

    नेकपाको आधिकारिकताको विवाद टुंग्याउन आलटाल गरिरहेको स्थितिमा प्रचण्ड र नेपाल पक्षले शुक्रबार दोस्रोपटक आधिकारिकता दाबी गरेको थियो । 

    यसअघि आयोगमा गरिएको आधिकारिकताको दाबीलाई कानुनको छिद्र खोजेर पन्छिन खोजिरहेको आयोगलाई अब विवाद नसुल्झाइ सुख नै नपाउने अवस्था निम्तिएको आयुक्तहरु बताउँछन् । पछिल्लोपटक नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर आयोगको ध्यान गएको थियो ।

    आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    साताको लोकप्रीय