नाडाका अध्यक्ष पदका प्रत्यासी थापा समूहद्वारा अन्तर्क्रिया : यस्ता छन् उनको प्रतिबद्धता 

नाडाका अध्यक्ष पदका प्रत्यासी थापा समूहद्वारा अन्तर्क्रिया : यस्ता छन् उनको प्रतिबद्धता 

अर्थ डबली
आइतवार, मंसिर १२ २०७८
अर्थ डबली
आइतवार, मंसिर १२ २०७८ (अर्काइभ बाट)
  • नाडाका अध्यक्ष पदका प्रत्यासी थापा समूहद्वारा अन्तर्क्रिया : यस्ता छन् उनको प्रतिबद्धता 

    बनेपा / नेपाल अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा)को आगामी निर्वाचनका अध्यक्षका प्रत्यासी ध्रुव बहादुर समूहले बनेपामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    समूहले मंसिर २३ र २४ गते हुने नाडाको ४५ औँ साधारण सभा तथाउक्त सभाले नेतृत्व चयन गर्ने निर्वाचनलाई लक्षित गरेर गत शुक्रबार सो कार्यक्रम सम्पन्न गरेको हो ।

    थापा ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुने निर्वाचनका अध्यक्ष पदका उम्मेदवार हुन् । 

    कार्यक्रममा थापा प्यानेलका आकाश गोल्छा, अमरज्योति रञ्जित, बि. एन. पाठक, दिपेन्द्र कुमार मिश्र, कपिल शिवाकोटी, नारायणप्रसाद पौडेल (राजन), नवराज भुसाल, निराकार श्रेष्ठ, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बिर सिं कंसाकार,सञ्जयकुमार खेतन, शुभआसिष थपलिया, यमुना श्रेष्ठ, साथै काठमाडौँका एवं काभ्रे जिल्लाका सम्पूर्ण अटोमोबाइल्स ब्ययवसायी सदस्यहरूको सहभागिता थियो ।

    नाडाको बर्तमान कार्यसमिति सदस्य तथा हाल ध्रुव थापाको टिमबाट उम्मेद्वारी दिएका अटोमोबाइल ब्यवसायी कपिल शिवाकोटीले सञ्चालन गरेका थिए । 

    कार्यक्रममा नाडामा हाल देखिएका समस्या र त्यसका समाधानका उपायहरूका को बिच छलफल गरिएको बताइएको छ ।

    कार्यक्रममा बोल्दै थापाले आउदै गरेको नाडाको चुनावमा आफ्ना प्रतिबद्धताहरू स्पष्ट पारे । उनले आफ्नो टिम समाबेशी रहेको र नाडा कै इतिहासमा पहिलो पटक काभ्रेकी यमुना श्रेष्ठ समेत आफ्नो टिममा रहेको जानकारी दिए । 

    थापाले साना ब्यवसायदेखि ठूला ब्यवसायी सबैको साथ आफुसँग रहेको उनको दावी छ । काठमाडौँ उपत्यका बाहिर मोफसलका तर्फबाट आफुले उम्मेदवारी दिएको जानकारी गराए । 

    आफुले मोटर साइकलको रिकण्डिशन ब्यवसायबाट अटोमोबाइल ब्यवसायमा हात हालेको र अहिले पनि स्पेयर पार्टसको पसल, बिभिन्न कार तथा मोटरसाइकलको डिलरहरू सञ्चालन गरिरहेको र ठूला ब्यवसायीले झै गाडी आयातकर्ताको रूपमा पनि कार्य गरिरहेकोले उनले बताए । 

    आफुले सबै तह र क्षेत्रको अटोमाबाइल ब्यवसायको अनुभव रहेको तथा त्यस क्षेत्रमा रहेको समस्याहरू र चुनौतिको आफैले अनुभव गरिरहेको हुदा अब आउने नाडाको चुनावमा आफु बिजयी भएमा नाडालाई सबै ब्यवसायीले आफ्नो भनि महसुस गर्न सक्ने काम गर्ने उनले प्रतिबद्धता जनाए । 

    साथै, नाडाको तर्फबाट नेपाल सरकार तथा प्रदेश सरकारहरुसँग गर्ने नितिगत तहका छलफलमा हाल नाडामा रहेका साना तथा मझौला व्यापारीलाई ठूला व्यापारीले उचित स्थान नदिएको, नाडाले राज्यलाई अटोमोबाइल क्षेत्रबाट धरै कर तिरेर सहयोग गरे पनि राज्यबाट उचित मूल्याङ्कन नभएको एवं व्यवसायीहरुले आफ्नो काम सहज रूपमा गर्न नपाएको जस्ता समस्याहरू रहेको उनले गुनासो गरे । 

    उनले भने “मोफसलबाट प्रतिनिधित्व गर्दा नाडालाई देश ब्यापीरूपमा बिस्तार गर्नुपर्छ भनि पटक पटक आवाज उठाउदा अहिले आएर बल्ल प्रदेश स्तरका संगठनहरुको निर्माण भएको छ । यद्यपि उक्त प्रादेशिक संगठनहरुलाई अर्थिक रुपमा सक्षम तथा अधिकारका हिसाबले पनि मजबुत बनाउन आवश्यक छ ।”

    प्रादेशिक संगठनहरूमासमेत तत् क्षेत्रका सबै ब्यवयायीहरूलाई समेट्नु पर्ने चुनौति रहेको उनले बताए ।

    ‘आयातदेखि उत्पादनसम्म’ कानुन निर्माण गर्न प्रत्यक्ष रूपमा सरकारसँग वार्ता गर्नेसमेत उनको भनाई छ । 

    थापाले नाडाप्रति आफ्नो प्रतिबद्धता भनेर नीतिगत सुधार, सचिवालय सुधार, नाडाको अटो सो, सदस्यहरूको क्षमता अभिबृद्धि, डाटा हव निमार्ण, समाजिक उत्तरदायित्व जस्ता बुँदाहरू प्रस्तुत गरे । 

    थापाले विगत ३१ वर्षदेखि नाडासँग सम्बन्धित रही काम गर्दै आएका छन् । नाडाको उपाध्यक्ष पदको नेतृत्व पनि सफलतापूर्वक निर्वाह गरिसकेको तथा लायन्सको पुर्व गर्भनर भई बिभिन्न समाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव रहेको उनले दावी गरेका छन् । 

    अटोमोवाइल्स क्षेत्रको नेतृत्व लिएर अगाडि बढ्न र देखिएका समस्याहरु समाधान गर्न सक्षम रहेको उनले दावी गरे । 

    कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका उपाध्यक्ष तथा उद्योग बाणिज्य संघ बाग्मती प्रदेशका कार्य समिति सदस्य कैलाश पलाञ्चोके र बनेपाका ब्यवसायी हरी पलाञ्चोकेलगायत उपस्थित व्यवसायीहरूले काभ्रेका आटोमोबाइल ब्यवसायीको साथ रहने र भन्दै थापालाई शुभकामना दिएका थिए । 

    साताको लोकप्रीय