रियलमीले मुरारका ग्रुपसँग मिलेर नार्जो सेरिज ल्याउने, नार्जो ५०आई र नार्जो ५० ए नेपाली बजारमा 

रियलमीले मुरारका ग्रुपसँग मिलेर नार्जो सेरिज ल्याउने, नार्जो ५०आई र नार्जो ५० ए नेपाली बजारमा 

अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८
अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८ (अर्काइभ बाट)
  • रियलमीले मुरारका ग्रुपसँग मिलेर नार्जो सेरिज ल्याउने, नार्जो ५०आई र नार्जो ५० ए नेपाली बजारमा 

    काठमाडौँ / संसारमै सबैभन्दा चाँडो १० करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । 

    images
    images

    रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५०आई र नार्जो ५० ए ल्याउने भएको हो । 

    कुनै पनि फिचररूरुमा सम्झौता नगरि आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन् ।

    लन्चको अवसरमा बोल्दै मुरारका ल्याउने ग्रुपका डिरेक्टर शिरिष मुरारकाले भने, “संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज नार्जो ५०आई र नार्जो ५० ए ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् ।”

    यी दुई फोनहरूको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको उनको भनाई छ ।

    रियलमी नार्जो ५० ए 

    मिडिया टेक हेली जि८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् ।

    यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एमपि ट्रिपल एआई क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरूभन्दा एक कदम अगाडि बनाएको छ ।

    यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । 

    साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

    साथै यसको अगाडिपट्टि रहेको एआई ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ एमपि क्यामराले उत्कृष्ट फोटोहरू खिच्न सक्छ । 

    यसमा भएको ६०००एमएएचको ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल ओटिजी रिभर्स चार्ज र १८ वाट फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५) को मिनी ड्रप डिस्प्ले भएको रियलमी नार्जो ५०ए मा अडियो र भिडियोको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।

    सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइनयुक्त रियलमी नार्जो ५० एमा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । 

    साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ जिबीको)  राख्न सकिन्छ, जुन २५६ जिबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४ जिबी+६४ जिबी र ४ जिबी +१२८ जिबीको स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।

    रियलमी नार्जो ५०आई 
    यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर रियलमी नार्जो ५०आईमा शक्तिशाली युनिसोक ९८६३ अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्छ । 

    साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य एआईओटि उत्पादनहरू जस्तै टिडब्ल्यूएस हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ ।

    यसको १६.५ सेन्टिमिटर (६.५) को ठूलो डिस्प्ले र ८९.५ प्रतिशत स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ ।

    रियलमी ५०आईको ८.९ एमएमको सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक र लेटेस्ट फोन चलाउन चाहने युवा पुस्ताको सजिलै मन जित्नेछ ।
    यसमा भएको ८ एमपिको एआई क्यामरा र एफ२.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुकोको साथै १०८०पि को फुल एच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । 

    यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा माइक्रो युएसडि पनि राख्न मिल्छ । र यसले २५६ जिबीसम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ । यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २जिबी+३२जिबी र ४जिबी+६४जिबीको स्टोरजमा उपलब्ध छ ।

    मूल्य र उपलब्धता 

    फोरजिबी र ६४ जिबी स्टोरेज क्षमताको रियलमी नार्जो ५० एको मूल्य १९ हजार ४९९ रुपैयाँ तोकिएको छ । उक्त फोन मंसिर १५ गतेदेखि दराज र मंसिर १६ गतेबाट सम्पूर्ण आधिकारिक बिक्रेताहरूबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । 

    फोरजिबी र १२८ जिबी स्टोरेज क्षमताको नार्जो ५० ए लाई २१ हजार १९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

    त्यस्तै, दुई जिबीको ३२ जिबी क्षमताको रियलमी नार्जो ५०आईलाई १२ हजार ९९९ रुपैयाँ र चार जिबीको ६४ जिबी क्षमताको फोनलाई १५ हजार ४९९ रुपैयाँ पर्नेछ । यो फोन मिन्ट ग्रीन र कार्वन ब्लयाकमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

    साताको लोकप्रीय