नाडाका प्रत्यासी उम्मेदवार थापा समूहद्वारा राजधानीमा अन्तर्क्रिया, गरे यस्तो प्रतिबद्धताको घोषणा 

नाडाका प्रत्यासी उम्मेदवार थापा समूहद्वारा राजधानीमा अन्तर्क्रिया, गरे यस्तो प्रतिबद्धताको घोषणा 

अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८
अर्थ डबली
बिहिवार, मंसिर १६ २०७८ (अर्काइभ बाट)
  • नाडाका प्रत्यासी उम्मेदवार थापा समूहद्वारा राजधानीमा अन्तर्क्रिया, गरे यस्तो प्रतिबद्धताको घोषणा 

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार ध्रुव थापा प्यानलले राजधानीमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

    images
    images

    समूहले ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा रहेका व्यवसायीहरूसँग थापा प्यानलले अन्तर्क्रिया तथा छलफल गर्ने क्रममा आज राजधानीमा कार्यक्रम गरेको हो । 

    कार्यक्रममा थापाले आफ्नो समूहमा रहेका सदस्य उम्मेदवारहरूको परिचय गराएका थिए ।

    नाडाका वर्तमान सदस्य तथा थापा प्यानलबाट उम्मेदवारी दिएका कपिल शिवाकोटीले सञ्चालन गरेको सो कार्यक्रमले नाडाको नयाँ निर्वाचनले सवल, सक्षम र सम्पूर्ण व्यवसायीको समस्या आफ्नै समस्या मानेर काम गर्न सक्ने व्यक्तिको खाँचो रहेको निष्कर्ष निकालेको छ । 

    सो कार्यक्रममा बोल्दै थापाले भने “हामीले सबै प्रदेशका साथीहरूसँग अन्तर्क्रिया गरेका छौँ । छलफलमा उठेका समस्यालाई सम्बोधन गर्न प्रतिबद्ध रहेका छौँ ।”

    थापा प्यानलको प्रतिबद्धता प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने आदि रहेको बताइएको छ । 

    अबका दिनमा नाडाले आफ्नै भवनमा काम गर्ने वातावरण सिर्जना गर्न भवन निर्माणको लागि पहल कदमी चाल्ने साथै नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि र प्याटेन्ट दर्ता, डाटा हव निर्माण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता पनि घोषणा गरेका छन् । 

    अध्यक्ष पदका उम्मेदवार थापाको प्यानलमा नाडाको वर्तमान कार्यसमितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन् । 

    उनले आफ्नो प्यानलमा यमुना श्रेष्ठलाई समावेश गरी नाडामा महिला सहितको समूह निर्माण गरेर इतिहास रचेको दावी गर्दै आएका छन् ।

    थापाले अमरज्योति रञ्जितच, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की सगुन वि.एस्. कंसाकार, सञ्जयकुमार खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरूलाई समेटेर समावेशी समूहको निर्माण गरिएको र नाडाको इतिहासमै पहिलो पटक समावेशी प्यानल बनेको दावी गरेका छन् । 

    साताको लोकप्रीय