नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा : लाभांश पारित, सञ्चालन नाफा ५.११ अर्ब

नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा : लाभांश पारित, सञ्चालन नाफा ५.११ अर्ब

अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८ (अर्काइभ बाट)
  • नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा : लाभांश पारित, सञ्चालन नाफा ५.११ अर्ब

    काठमाडौँ / नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले मंसिर १७ गते केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा आफ्नो ३५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

    images
    images

    बैंकले महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रूपमा साधारण सभा आयोजना गरेको थियो । 

    सभाले आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको बैंकले जनाएको छ । 

    सभाको अध्यक्षता गरिरहेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए ।

    उनका अनुसार १२.६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

    यस वर्ष बैंकले रु ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । 

    आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

    नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटिएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । 

    पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

    यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।
     

    साताको लोकप्रीय