काठमाडौँ / के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.ले मोरङ व्यापार संघबाट उत्कृष्ट निर्यात कम्पनीको सम्मान प्राप्त गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उत्कृष्ट निर्यातकर्ताको सम्मान प्राप्त गरेको हो ।
संघको ६५ औँ वार्षिक साधारण सभाको समुदघाटन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले स्वस्तिक आयल इण्डष्ट्रिजका सञ्चालक विकास दुगड ज्यूलाई प्रदान गरेको हो ।
स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्रि–वितरण गर्दै आइरहेको छ ।