भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • भारतमा ओमिक्रोनका २१ संक्रमित भेटिए

    नयाँ दिल्ली / भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ संक्रमित देखिएका छन् । 

    images
    images

     हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिनमात्र अघि देखिएको थियो ।

     यहाँ आइतबार बिहान सम्म पाँच जनामात्र संक्रमित रहेकामा त्यसमा बृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् ।

    यीमध्ये जयपुरबत्राट नौ जना संक्रमित भेटिएको बताइएको छ । त्यसैगरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ ।

     अरु संक्रमितहरु नयाँ दिल्लीमा नै भेटिएका छन् । आइतबार एकै दिन १७ जना संक्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ ।

      नयाँ दिल्लीबाहेक अरु थप २ जना कर्नाटकबाट पनि भेटिएका बताइएको छ । पहिलो संक्रमण केही दिनमात्र अघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो । 

    साताको लोकप्रीय