काठमाडौंमा ७९ जना कोरोना संक्रमित भेटिए, ललितपूर भक्तपूरमा कति कति ? 

काठमाडौंमा ७९ जना कोरोना संक्रमित भेटिए, ललितपूर भक्तपूरमा कति कति ? 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • काठमाडौंमा ७९ जना कोरोना संक्रमित भेटिए, ललितपूर भक्तपूरमा कति कति ? 

    काठमाडौं/ स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।

    images
    images

    मन्त्रालयका अनुसार सोमबार २६५ जना संक्रमित थपिए । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ संक्रमित भेटिए । यस्तै, ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित भेटिएको जनाएको छ । 


    पछिल्लो २४ घण्टामा ८ हजार ६१७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ७ हजार ११४ जनाको पिसिआर परीक्षण र १५०३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यू भएको छ । नेपालमा हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। काठमाडौं उपत्यकामा ११२ संक्रमित थपिएका छन्।

    ३५७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।

     

     

    साताको लोकप्रीय