काठमाडौँ / मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीमा नयाँ शाखा विस्तार गरेको हो ।
परासीको रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या २०३ पुगेको छ ।
मेगा बैंकले चालू आर्थिक बर्ष २०७८÷०८९ मा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।