‘श्रमिक समुदाय मोर्चा, नेपाल’ को पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न, यस्ता छन् नीति र लक्ष्य

‘श्रमिक समुदाय मोर्चा, नेपाल’ को पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न, यस्ता छन् नीति र लक्ष्य

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ को पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न, यस्ता छन् नीति र लक्ष्य

    काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट श्रमिक संगठन ‘श्रमिक समुदाय मोर्चा नेपाल’ को पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

    images
    images

     आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मोर्चाले गत कात्तिक २७, २८ र २९ गते कैलालीमा पाँचौ राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको र महत्वपूर्ण निर्णयहरु गरिएको जनाएको हो । 

     संगठनले पाँचौ सम्मेलनमार्फत ‘श्रमिक संगठन दलित मुक्ति मोर्चा’ बाट ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ नामाकरण गरेको पनि जनाएको छ । उत्पीडित श्रमिक समुदायको राजनीतिक र आर्थिक अधिकार प्राप्ति र जातमा आधारित सबैखाले विभेद र छुवाछुतको अन्त्य गर्न मोर्चा स्थापना भएको बताईएको छ । 

     संगठनको राजनीतिक–रणनीतिक लक्ष्य वर्णव्यवस्थामा आधारित जातव्यवस्था उन्मुलन र दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्ने रहेको छ । 
      
     कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष रामलाल विश्वकर्माले मोर्चाको राष्ट्रिय सम्मेलन कैलालीको धनगढीमा कात्तिक २७ ,२८ र २९ गते सम्पन्न भएको जानकारी दिए । 

     उक्त सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गरेको बताउँदै नेपालको छुवाछुतसँग सम्बन्धित दलित विभेदको समस्याको बारेमा पाँचौ सम्मेलनमा नयाँ ढंगले विश्लेषण गरेको जिकिर गरे । 

     उनले दलित शब्दको विकल्पमा श्रमिक संगठन दलित मुक्ति मोर्चाबाट ‘श्रमिक समुदाय मोर्चा, नेपाल’ नामाकरण गरिएको समेत बताए । मोर्चाका नवनियुक्त अध्यक्ष विकले मोर्चाले राष्ट्रियता, जनतन्त्र र जनजीविकालगायतका अन्य कार्यहरु गर्ने पनि बताए ।   

     विकले चौतर्फी नेतृत्व विकास र आर्थिक समृद्धिको लागि सामाजिक–साँस्कृतिक अन्तरघुलनका लागि व्यापक जनपरिचालन र जागरण अभियान संचालन गर्ने बताए । विकले सुदुरपश्चिमको कैलालीमा भएको पाँचौ सम्मेलनले ६१ संदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिए ।

     उनले २०३० साल पछि दलित शब्द नामाकरण गरिएको भन्दै मानव जातिको विकाससँगै सामाजिक विकास क्रमसँगै बढ्ने पनि बताए । एउटा तहगत रुपमा सानो र ठुलो जातिगत विषय बनाएर पहिलेका शासकहरुले शासन गरेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्नेमा उनले जोड दिए ।

     भारतमा निर्माण भएका दलित र नेपालका दलितमा भिन्नता भएको पनि उनले जिकिर गरे । उनले भने, ‘भारतको दलित छुट्टै तरिकाले निर्माण भएका हुन्, तर नेपालमा भएका दलित समुदाय छुट्टै नभएर नेवा लगायतहरु हुन् जो श्रममा आधारीत छन् ।’

     खस आर्यहरुको आफ्नै प्रकारको जाति विशेषता रहेको भन्दै श्रम गर्ने दलितलाई उत्पीडित बनाइएको उनले आरोप लगाए ।
      
     आफ्नो पार्टीले अब छुट्टै समिति बनाएर यसलाई  पहिचानको मुद्दा बनाउने पनि बताए । शासन सत्ता टिकाउनको लागि शारिरीक श्रम गर्ने दलितलाई धर्मको बलमा तल पारेर छुवाछुततिर ढालिएको उनले बताए । 

    आन्दोलनबारे जानकारी दिँदै उनले श्रमिक समुदाय नामाकरण गर्दा यो समुदायको कुनैपनि अधिकार कटौती हुन्छ भन्ने आंशका गरिएकोमा मोर्चा उत्पीडनविरुद्ध लड्ने र अधिकार कटौती नहुनेपनि स्पष्ट पारे । विगतको आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउने उनको भनाई थियो ।

     यो आन्दोलनलाई अन्य समुदायसँग पनि मिलेर अघि बढ््ने बताए । वैचारीक रुपमा रहेको यो शब्द हामी एक्लैले मात्र लडेर नसकिने सबैसँग मिलेर अघि बढ्ने, र पार्टी भित्रै पनि एउटा मोर्चा बनाउने पनि तयारी गरेको बताए ।

     अब आफुहरुले नयाँ ढंगले आन्दोलनलाई माथि उठाउने सोचका साथ कदम चालेको पनि उनले बताए । ‘दलित र शुद्र पुरानो जमानामा ठिक भएपनि अबको समयको लागि उपयुक्त छैन् जसरी पनि दलितलाई हेर्ने दृष्टि परिवर्तन गर्न आवश्यक छ । 

      उनले अब खुला बहस गरेर नयाँ अनुसन्धान गर्न पनि आफ्नो पार्टी तयार रहेको बताए । वर्ण व्यवस्थामा आधारीत सभ्यतालाई परिवर्तन गरेर अब नयाँ सभ्यतामा जान पर्ने उनले धारणा राखे । प्रेश विज्ञप्ती पढेर मोर्चाको महासचिव त्रिलोचन विकले पढेर सुनाएका थिए । 

     नवनिर्वाचित ६१ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष रामलाल विश्वकर्मा, उपाध्यक्ष जितेन्द्र महरा, महासचिव त्रिलोचन विश्वकर्मा, सचिवमा रामकुमार पासवान, कोषाध्यक्षमा जानकी बराह, सदस्यहरुमा टिकाराम नेपाली, गोपाल परियार, विर्खबहादुर बिक, पदम रसाइली, निशान बिक, बिक्रम नेपालीलगायत रहेका छन् । 
     

     

    साताको लोकप्रीय