उपायले नेपालमा ल्यायो कोल्ड चेन समाधान, केके छन् विशेषता ?  

उपायले नेपालमा ल्यायो कोल्ड चेन समाधान, केके छन् विशेषता ?  

अर्थ डबली
बुधवार, जेठ ३ २०८०
अर्थ डबली
बुधवार, जेठ ३ २०८० (अर्काइभ बाट)
  • उपायले नेपालमा ल्यायो कोल्ड चेन समाधान, केके छन् विशेषता ?  

    काठमाडौँ / नेपालकै अग्रणी लजिस्टिक्स कम्पनी उपायले कोल्ड चेन लजिस्टिक सोलुसन एचयलन्इ ल्याएको छ । गुणस्तरीय लजिस्टिक सेवाहरू र समाधानहरू प्रदान गर्दै आइरहेको इनोभेटिव प्राविधिक प्लेटफर्म उपायले कोल्ड चेन लजिस्टिक सोलुनसन PronGO ल्याएको हो।

    images
    images

    PronGO तरकारी, फलफूल, आइसक्रिम, डेरी उत्पादन, माछा मासु, जमेको खाद्य बस्तु र अन्य वस्तहुरूको ताजापन र गुणस्तर कायम राख्नको लागि तापक्रम नियन्त्रण गर्ने प्रविधि हो। PronGO चिल्ड र फ्रोजन दवुैब्याग र बक्समा उपलब्ध छ, जसमा फ्रोजनमा १६ घन्टासम्म -१५ °C to -२५°C को तापक्रम कायम गर्छ भने चिल्डमा ४८ घण्टासम्म २°C to ८°C को तापक्रम कायम गर्छ। इनोभेटिव Phase Change Materials (PCMs) राखिएको ट्याबहरूले ब्याग र बक्समा तापक्रम स्थिर राख्छ।

    कम्पनीका अनुसार ढुवानी र भण्डारणको समयमा पनि यो प्रविधिले तापमान स्थिर र उपयुक्त दायराभित्र रहने ग्यारेन्टी दिन्छ। यो तापक्रम नियन्त्रण नेपालको लजिस्टिक र सप्लाई चेन उद्योगका लागि विशेष गरी उत्पादनको ताजापन र गुणस्तरमा भर परेका उद्यमहरूका लागि धेरै महत्त्वपूर्ण माध्यम रहेको बताइएको छ । 

    सो प्रविधिले फोहोर कम गर्न र सप्लाई चेनको गुणस्तर सधार गर्न मद्दत गर्न सक्छ। उपायले एचयलन्इ मार्फत नेपालमा कोल्ड चेन लजिस्टिक समाधानका लागि नयाँ बेन्चमार्क सिर्जना गर्ने कम्पनीको दावी छ । 

    “छिट्टै बिग्रिने खानेकुराहरू ढुवानी गर्दा गुणस्तर र ताजापन कायम राख्नु महत्त्वपूर्ण हुन्छ। ताजा तरकारी र फलफूल, मासु,आइसक्रिम, माछा, र जम्ने खाद्य वस्तुजस्ता तापक्रम नमिल्ने कारण छिट्टै बिग्रिन्छन, त्यसले यो सबैभन्दा राम्रो समाधान हो,” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


    नेपालका भिभिन्न सहरहरूमा सामानहरूको वितरण प्रणाली परिवर्तन गर्न कम्पनी प्रतिबद्ध रहेको कम्पनीकोले जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, “यो किफायती पनि छ जसले गर्दा यसलाई सबै
    उद्यमहरूको लागि आकर्षक विकल्प बनाउँछ। यो प्रविधिलेनेपालको कोल्ड चेन उद्योगलाई बदल्नेछ र
    उद्यमहरूमा महत्त्वपूर्ण मूल्य सिर्जना गर्छ ।” 

    साताको लोकप्रीय