images
Logo
images
images
images

हिमालयन बैंकका तीन संस्थापकको १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

हिमालयन बैंकका तीन संस्थापकको १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

बुधवार, भदौ ६ २०८०
बुधवार, भदौ ६ २०८०
  • images
    images
    हिमालयन बैंकका तीन संस्थापकको १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा, क–कसले दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडका तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । उक्त शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । 

    images
    images

    बैंकको आफ्नो स्वामित्वमा रहेका १५ लाख ४० हजार ७४ कित्ता सेयर तीन जनाले बिक्री गर्न लागेका हुन् । उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।

    बैंकले प्रदिप कुमार विडारीको नाममा रहेको ३५ हजार ९८० कित्ता, प्रभा गोयन्का भीमसरीयाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता र जस्मिन तन्डुकारको नाममा रहेको ५२ हजार ९१० कित्ता शेयर विक्रीमा ल्याएको हो । 

    उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा  आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

    यी शेयरहरूको विक्री मूल्य विक्रेता अनुसार फरक रहेकाले मूल्य सम्बन्धि जानकारीका लागि भने केन्द्रीय कार्यालयमा सम्पर्क राख्न समेत बैंकले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार