images
images

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर  : दुई जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर  : दुई जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • images
    images
    शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको  फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर  : दुई जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्न सक्ने

    काठमाडौंँ / शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैङ्किङ्ग प्रयोगकर्ताहरूका लागि ‘फन्ड ट्रान्सफर’मा मोवाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । 

    images
    images

    सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैङ्किङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको मोबाइल बैङ्किङ्ग एपबाट कनेक्ट आएपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् । 

    बैङ्कले ल्याएको उक्त अफर भदौ १५ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ । मोवाइल बैङ्किङ्ग एपमा उपलब्ध कनेक्न आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरूलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कको आधिकारिक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ । 

    फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आपिएसलार्ई छनोट गर्नुपर्ने हुन्छ । 

    मोबाइल बैङ्किङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आएपिएस न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैङ्किङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।

    कनेक्ट आएपिएसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैङ्क तथा वित्तीय संस्थाको मोवाइल बैङ्किङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आएपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । 

    हाल मोवाइल बैङ्किङ्गमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन ३ लाख रुपैयाँसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । कनेक्ट आइपिएस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एपिएसअन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । 

    आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १४.७ मिलियन भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कका ३ लाख भन्दा बढि मोवाइल बैङ्किङ्ग प्रयोगकर्ताहरू रहेका छन् र बैङ्कले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटिएम नेटवर्क मार्फत बैङ्किङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार