images
Logo
images
images
images

जीवन बीमा कम्पनीहरुको नयाँ बोनस दर: कसले कति घोषणा गरे, कुन–कुनको बाँकी छ ?

जीवन बीमा कम्पनीहरुको नयाँ बोनस दर: कसले कति घोषणा गरे, कुन–कुनको बाँकी छ ?

१२ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् ।

आइतवार, भदौ १७ २०८०
आइतवार, भदौ १७ २०८०
  • images
    images
    जीवन बीमा कम्पनीहरुको नयाँ बोनस दर: कसले कति घोषणा गरे, कुन–कुनको बाँकी छ ?

    काठमाडौँ / नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को लागि १२ वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् ।

    images
    images

    हालसम्ममा आइएमई लाइफ, मेट लाइफ, एशियन लाइफ, नेशनल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, साविक सूर्या लाइफ, साविक ज्योति लाइफ, साविक यूनियन लाइफ, रिलायबल नेपाल लाइफ, साविक प्राइम लाइफ र एलआइसी नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बोनसदर सार्वजनिक गरेका हुन् ।

    १२ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

    कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।

    यस्तै, नेपाल लाइफ, महालक्ष्मी लाइफ, प्रभू लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफले आव २०७८/७९ को बोनश दर सार्वजनिक गर्न बाँकी छ।

    साविक प्राइम लाइफका बीमितले ९० रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनश दर कायम गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेकोे छ । सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्षको लागि ३६ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

    अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ६० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि ६८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ७५ रुपैयाँ र २५ वर्ष अवधिभन्दा माथिको लागि कम्पनीले ९० रुपैयाँ बोनश दर कायम गरेको छ । प्राइम जीवन उपहार(अग्रिम भुक्तानी) जीवन बीमा योजनामा कम्पनीले १६ वर्षे अवधिमा ५२ रुपैयाँ र प्राइम जीवन उपहार (सावाधिक) जीवन बीमा योजनामा कम्पनीले ४० रुपैयाँ बोनश दर कायम गरेको छ ।

    नेशनल लाइफका बीमितले ८५ रुपैयाँसम्म बोनस पाउने

    सावधिक जीवन बीमा पोलिसीमा ९ वर्ष अवधिसम्मकाले ‍र १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले ६४ रुपैयाँ, १५ वर्षदेखि २० वर्षका बीमितले पनि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका बीमितले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथिकाले ८५ रुपैयाँ प्राप्त गर्नेछन् । सावधिक तथा आजीवन बीमालेखमा २० वर्षको पोलिसी लिनेले ६४ रुपैयाँ, २१ देखि २५ वर्षले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथि अवधिको पोलिसी खरिदकर्ताले ८५ रुपैयाँ बोनश पाउनेछन् ।

    अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्मको बोनश प्राप्त गरेका छन् । नेशनल लाइफले बीमितहरुले १९ वर्ष अधिसम्मको बीमा पोलिसी खरिदकर्तालाई प्रतिहजार ६३ रुपैयाँ दिएको छ । २० वर्ष भन्दा माथि अवधिका पोलिसी खरिदकर्ताले प्रतिहजार ६४ रुपैयाँ बोनश दिएको छ ।

    मेट लाइफका बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

    मेट लाइफले न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्मको बोनश दर घोषणा गरेको छ । सावधिक जीवन बीमा कम्पनीले सावधिक जीवन बीमा पोलिसीमा १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिकाले ७० रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ८० रुपैयाँ बोनश  दिनेछ । शिक्षा संरक्षण योजनामा १५ वर्षको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षका लागि ७० रुपैयाँ र २१ वर्ष भन्दा बढिको लागि ८० रुपैयाँ बोनश दर कायम गरेको छ । अग्रिम भुक्तानी योजनामा १५ वर्षको लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षको लागि ५५ रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ । मेट लाइफमा सबैभन्दा धेरै सावधिक जीवन बीमा पोलिसी तर्फ १६ देखि २० वर्ष अवधिका पोलिसी बिक्री भएको पाइएको छ । यस अवधिको पोलिसी संख्या ४ हजार ७६१ वटा छ ।

    रिलायबल नेपाल लाइफका बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्षको लागि ५० रुपैयाँ, १० देखि १४ वर्षको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनश दर कायम छ ।

    रिलायबल लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ कामय गरेको छ । बीमा सिमित लघु सावधिक जीवन बीमा योजनामा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ । रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी)मा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनश दर कायम गरेको छ

    रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनामा पाँचदेखि ९ वर्ष अवधिसम्मको लागि २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि ४० रुपैयाँ कायम भएको छ । रिलायबल उच्च शिक्षा योजनामा पाँच देखि १४ वर्षको लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ६५ रुपैयाँ बोनश दर कायम भएको छ ।

    सावाधिक तथा आजीवन बीमा योजनामा कम्पनीले ५ देखि ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको ३५ रुपैयाँ, १५ देखि १९ वर्षको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ५० रुपैयाँ कायम गरेको छ । रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०,१२ र १४ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनश दर कायम भएको छ । कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमालेखमा २० रुपैयाँ बोनश दर निर्धारण गरेको छ ।

    सन नेपाल लाइफका बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनश दर निर्धाण गरेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्षसम्म, १० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ र १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ, र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ५० रुपैयाँ बोनश दर कायम गरेको छ । भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)मा ९ वर्ष, १० देखि १४ वर्ष र १५ देखि १९ वर्षको लागि ३० रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ५० रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

    त्यस्तै, बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा १० देखि १४ वर्ष,१५ देखि १९ वर्षको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ५० रुपैयाँ बोनश दर कायम गरेको छ । सुनौलो सावधिक जीवन बीमामा १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ बोनश दर कायम गरेको छ ।

    नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन) मा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि र १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनश दर कायम गरेको छ । सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनमा सबै बीमा अवधि (१५)मा ४२ रुपैयाँ बोनश दर कायम गरेको छ ।

    सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) मा १० देखि १४ वर्ष, १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथिको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ । धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा १ देखि ९ वर्ष अवधि, १० देखि १४ वर्ष र १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनश दर कायम गरेको छ ।

    साविक ज्योति लाइफका बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्मको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथिको अवधिका लागि ७५ रुपैयाँ बोनश दर कायम गरेको छ ।

    सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनश दर तोकेको छ ।

    अग्रिम भुक्तानी बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनश दर तोकेको छ । वार्षिक अग्रिम भुक्तानीमा कम्पनीले १० देखि १४ वर्षको लागि २० रुपैयाँ , १५ देखि १९ वर्षको लागि २५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ३० रुपैयाँ बोनश दर कायम गरेको छ ।

    साविक यूनियन लाइफका बीमितले ७४ रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले न्युनतम प्रति हजार १९ रुपैयाँदेखि अधिकतम ७४ रुपैयाँसम्म बोनश दिने घोषणा गरेको छ । सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्षको लागि ३० रुपैयाँ, १० देखि १४ वर्षको लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३६ रुपैयाँ,२० देखि २४ वर्षको लागि ३९ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ७२ रुपैयाँ कायम भएको छ । सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)मा कम्पनीले १० देखि १४ वर्षको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ, २० देखि २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ४२ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

    सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेको छ । सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि ४० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढीको लागि ७४ रुपैयाँ बोनश दर कायम गरेको छ ।

    सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षको लागि ,१० वर्षदेखि १४ वर्षसम्म, १५ देखि १९ वर्ष अवधिको लागि, २० देखि २४ वर्ष अवधिको लागि र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनश दर कायम गरेको छ । वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ९ वर्षको लागि १९ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि २२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनश दर कायम भएको छ ।

    अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्षसम्मको लागि २४ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४१ रुपैयाँ बोनश दर कायम भएको छ । त्यस्तै, जीवन आधार जीवन बीमा योजना र जीवन सम्पन्न बीमा योजनामा कम्पनी सबै अवधिका योजनाहरुमा एउटै बोनसद कायम गरेको छ । यस दुई बीमा योजनामा कम्पनीका बीमितहरुले ५० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, जीवन उत्थान जीवन बीमा योजनामा कम्पनीले सबै अवधिको लागि ४० रुपैयाँ बोनस निर्धारण गरेको छ भने जीवन आवरण जीवन बीमा योजनाको सबै अवधिमा कम्पनीले ४० रुपैयाँ बोनश दर निर्धारण गरेको छ ।

    सिटिजन लाइफका बीमितले ७३ रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्षको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५५ रुपैयाँ कायम गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्षको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षको लागि र ४२ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि र ७३ रुपैयाँ बोनश दर कायम गरेको छ ।

    सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावाधिक बीमालेखमा ० देखि ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनश दर कायम गरेको छ । सिटिजन बाल भविष्य योजना(सावाधिक बीमालेख) मा कम्पनीले १० देखि १४ वर्षको लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनश दर दिने भएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २८ रुपैयाँँसम्म बोनश दर कायम गरेको छ ।

    सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना) मा ० देखि ९ वर्षको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँसम्म बोनश दर कायम गरेको छ ।

    साविक सूर्या लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले सावधिक बीमालेखमा ९ वर्षको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४१ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ, ३० वर्ष भन्दा माथिका लागि प्रतिहजार ७० रुपैयाँ बोनश दर कायम गरेको छ । सावधिक तथा आजीवनमा ९ वर्षको लागि ४० रुपैयाँ, १४ वर्षसम्मका लागि ४२ रुपैयाँ, १९ वर्षले ४६ रुपैयाँ, २४ वर्षका लागि ५६ रुपैयाँ, २९ वर्षका लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

    अग्रिम भुक्तानी सावधिकमा १९ वर्षको लागि ४२ रुपैयाँ,२० वर्षदेखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ कायम गरेको छ । चौरासी पुजा नियमित भुक्तानीमा १० देखि १४ वर्ष अवधिका बीमितले ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिकाले ६५ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

    चौरासी पुजा एकल भुक्तानीमा १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले ७५ रुपैयाँ, १५ देखि १९ वर्षका बीमितले ८० रुपैयाँ, २० देखि २४ वर्षका बीमितले ८५ रुपैयाँ, २५ देखि २९ वर्षका बीमितले ९० रुपैयाँ र ३० वर्ष भन्दा माथि अवधिकाले ९० रुपैयाँ प्राप्त गरेका छन् ।

    आइएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

    आइएमइ लाइफले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनश दर निर्धाण गरेको छ । सावधिक तथा सामुहिक जीवन बीमालेखमा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५० रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र यसै पोलिसीको ३० वा सोे भन्दा बढिको लागि ७० रुपैयाँ बोनश दर निर्धारण गरेकाे छ ।

    सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्षसम्म र १० देखि १४ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनश दर छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनश दर छ ।

    वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षको लागि ६० रुपैयाँ बोनश दर छ । त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) को सबै अवधिमा बोनश दर २० रुपैयाँ छ ।

    एशियन लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

    एशियन लाइफले न्यूनतम ४२ रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनश दर कायम गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनश दर कायम गरेको छ । यस योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिमा ७५ रुपैयाँ बोनश दर पाइनेछ ।

    सावधिक जीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनश दर छ । कम्पनीले यस बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि ६० रुपैयाँ बोनश दर कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यनतम ४४ रुपैयाँ र अधिकतम ६० रुपैयाँ, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा न्यूनतम ४२ रुपैयाँ र अधिकतम ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधिअनुसार न्यूनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनश दर कायम भएको छ ।

    एलआइसी नेपालका बीमितले ६४ रुपैयाँसम्म बोनस पाउने

    कम्पनीले न्युनतम ४१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म घोषणा गरेको हो । सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ६१ रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।

    जीवन आन्नद (३४२) मा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दिने घोषणा गरेको छ ।

    बाल सावाधिक(३४९) बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

    धन वृष्टि (३५८) योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ र १५ वर्षेका लागि ५६ रुपैयाँ बोनस दिने भएको छ ।धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजनामा २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ, २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ ।

    बाल ममता ३४०, बाल स्नेह ३४१ योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनश दर घोषणा गरेको छ ।

    आजीवन बीमा योजना ३४५, नयाँ जीवन तरंग ३६० योजनामा कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनश दर दिने घोषणा गरेको छ ।

    लघु सावाधिक (३५४) यस योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । जीवन बचत ३५९ योजनामा कम्पनीले ५ देखि ९ वर्षका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५६ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ६१ रुपैयाँ बोनश सदने घोषणा गरेको छ ।

    के हो बोनस दर र कसरी वितरण गरिन्छ ?

    बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दरको घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमांकको रकममा निर्भर रहने गर्छ ।

    बोनस वितरण गर्दा मृत्यु दर, बीमा कम्पनीको खर्च, र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूर्ण रकमहरु कटाएर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पूँजी स्रोतमा तिर्नु पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम (सरप्लस) लाई नै बोनसको रुपमा वितरण गरिन्छ ।

    बीमा कम्पनीले बर्षभरिमा संकलन गरेको बीमांक रकमको प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार