images
images

नाडा अटो सोमा भित्रिने इभिका नयाँ ब्राण्डहरू कुनकुन हुन् ? चर्चित चार ब्रान्ड सहभागी नहुने

नाडा अटो सोमा भित्रिने इभिका नयाँ ब्राण्डहरू कुनकुन हुन् ? चर्चित चार ब्रान्ड सहभागी नहुने

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट-पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहनेछ ।

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • images
    images
    नाडा अटो सोमा भित्रिने इभिका नयाँ ब्राण्डहरू कुनकुन हुन् ? चर्चित चार ब्रान्ड सहभागी नहुने

    काठमाडौँ / नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा बृहत नाडा अटो सो भोलि मङ्गलबारदेखि सुरु हुँदैछ । १५औँ संस्करणको टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित ‘नाडा अटो शो २०२३’ भदौ २६ देखि ३१ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीमार्गमा चल्नेछ । 

    images
    images

    सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको एक मात्र वृहत अटो प्रदर्शनीलाई सवारी प्रदर्शनीको कुम्भ मेलासमेत मानिन्छ । कोभिड-१९ का कारण रोकिएको उक्त प्रदर्शनी झण्डै चार बर्षपछि हुने भएको हो । 

    आयोजक नाडादेखि अटो शोमा भाग लिने अटोमोबाइल व्यवसायीहरूले समेत तीव्र तयारी गरिरहेका छन् । आयोजक नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले र अटो सोमा भाग लिने अटो व्यवसायीहरूले तयारी अन्तिम चरणमा पुर्याएका छन् । 

    प्रदर्शनीमा विभिन्न १६ ओटा ब्रान्डले चार पाङ्ग्रे सवारी साधन प्रदर्शन गर्ने जानकारी दिएको छ । यस पटकको नाडा अटो सोमा इभि प्रदर्शनीको बाहुल्यता हुने देखिन्छ । नाडाका अनुसार प्रदर्शनीमा ४० प्रतिशतभन्दा बढी इभि प्रदर्शनी हुने जानकारी दिएको छ । अटो शोमा भने २२ वटा ब्रान्डका दुई पाङ्ग्रे र १६ वटा चार पाङ्ग्रे गरी ३८ वटा ब्रान्ड । ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकलहरू प्रर्दशनीमा राखिने बताइएको छ । 

    शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड रहेकोनाडा अटो सोमा चर्चित ब्राण्ड टाटा, हुण्डाई, बीवाईडी, एमजी, किया, च्याङ्योङ, सेरेस, ग्रेटवाल, सिट्रोन लगायतले अटो शोमा ईभी नै प्रदर्शन गर्ने तयारी गरेका छन् ।

    अर्थतन्त्र सुस्ताएको समयमा भएको प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले, केही हदसम्म अर्थतन्त्र चलायमान हुने नाडाको विश्वास छ । यसले अटोमोबाइल व्यवसायीमा सकारात्मक प्रभाव पार्नुका साथै सवारी साधन खरिदकर्ताको वित्तीय योजनामा समेत असर गरेको छ । 

    चाड-पर्वहरूको पूर्वाद्धमा हुने उक्त प्रदर्शनीले अटो व्यवसायी, ग्राहकवर्ग, सवारी प्रेमीहरू तथा अटोमोबाइलसँग प्रत्यक्ष-अप्रत्यक्षरूपमा संलग्न सबैलाई उत्साह पूर्वक सहभागी गराउने विश्वास रहेको आयोजकले जनाएको छ । 

    नाडा अटो शोमा सहभागी संस्था तथा अवलोकनकर्ताहरूको चाप बढ्ने आयोजकको भनाइ छ । प्रदर्शनीले सवारी साधनलाई विलासिता मात्र नभई, सर्वसाधारणको जिविकोपार्जनका लागि चाहिने अत्यावश्यक साधनको रूपमा चित्रण गर्न सहयोग पुग्ने नाडाले जनाएको छ । 

    आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरू रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहने बताएको छ । 

    प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङग्रे, २२ वटा ब्रान्डका दुई पाङग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट-पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको सहभागिता रहनेछ । 

    विद्युतीय गाडीमा बैङ्क तथा वित्तिय संस्थाले लगानी गर्ने समस्या नभएको र कम्पनीहरूले ८० प्रतिशतसम्म डाउन पेमेन्टमै गाडी बिक्री गर्ने हुनाले पछिल्लो समय इलेक्ट्रिक गाडीमा आकर्षण बढ्दो छ । 
    नयाँ गाडी खरिदमा चासो राख्नेहरूले अधिकांशले विद्युतीय गाडी रोज्ने गरेको छ । नाडाले प्रदर्शनीमा करिब ४० प्रतिशत इभि सवारी साधन हुने जनाएको छ । नाडा अटो सोलाई लक्षित गरी विभिन्न कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा चर्चित रहेका नयाँ नयाँ ब्रान्डका इभि गाडी भित्र्याएको पाइएको छ । 

    कुन कम्पनीको कुन ब्रान्ड हुनेछ प्रदर्शनीमा ?

    टाटाको ‘टियागो इभि’ 

    नेपाली बजारमा लोकप्रिय रहेको टाटा मोटर्सले यसपटककोनाडा अटो सोमा बहुप्रतीक्षित टियागो इभि प्रस्तुत गर्ने भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले अटो शोलाई नै तार्गेट गरेर नयाँ इलेक्ट्रिक टियागो प्रस्तुत गर्ने भएको हो ।

    टाटाले भदौ २६ गतेको अटो शोमा हचब्याग सेगमेन्टको बहुप्रतिक्षित टियागो इभि लन्च गर्न लागेको हो । नेपालमा सबैभन्दा धेरै भेरियन्टका विद्युतीय गाडी टाटा मोटर्सले बिक्री गर्दै आएको छ । टाटाले नेक्सनमा ३ वटा मोडल, टिगोरसँगै टियागोको बुकिङ गरिरहेको छ । हालसम्म सबैभन्दा धेरै विद्युतीय गाडी टाटा ब्रान्डकै छन् ।  त्यसमा नेक्सन इभि बढी चलेको छ ।२२ देखि ३० लाख रुपैयाँभित्रै उपलब्ध हुने टियागोले निम्न र इन्ट्री लेभलका ग्राहकलाई समेत तान्ने कम्पनीको भनाइ छ ।

    बीवाईडीको ‘डल्फिन’

    विश्व प्रसिद्ध इभि ब्रान्ड बीवाईडीले नाडा अटो सोमा विद्युतीय गाडी डल्फिन सार्वजनिक गर्ने भएको छ । ह्याचब्याक सेग्मेन्टको डल्फिन खासगरीनाडा अटो सोलाई नै तार्गेट गरेर साइमेक्स बीवाईडीले २ महिना अघि नै मात्र सो कार नेपाल भित्र्याएको हो । 

    कम्पनीले यसअघिको अट्टो–३, ई–६ को साथमा डल्फिनलाई अटो शोमा प्रदर्शन गर्ने भएको छ । मध्यम रेन्जको ह्याचब्याक सेग्मेन्टको डल्फिनको मूल्य कम्पनीले ४० देखि ४५ लाख रुपैयाँ तोक्न सक्ने अनुमान गरिन्छ । सो अवसरमा अवसरमा बीवाईडीको आधिकारिक वितरक साइमेक्सले ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा समेत गरेको छ ।

    कम्पनीका अनुसार क्याम्पेनअन्तर्गत हाल सडकमा कुदेका डल्फिनको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई उपहार प्रदान गरिनेछ । बीवाईडी डल्फिनलाई स्टाइलिस डिजाइनमा बेरेर काठमाडौँका सडकमा गुडाइरहेको कम्पनीले जनाएको छ । यसमा सहभागी ३ जनाले १ लाख रुपैयाँका दरले पुरस्कार पाउने र सबै सहभागीले नाडा अटोसोमा निःशुल्क टिकट पाउने कम्पनीले जानकारी दिएको छ ।

    एमजीको ‘एमजी–४’ र ‘कोमेट’

    एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाण्ट मोटर्सले नाडा अटो सोमा नयाँ दुई इभि मोडल एमजी-४ र कोमेट प्रदर्शनीमा राख्ने भएको छ । यसअघि मात्र ७२ किलोवाट ब्याट्री क्षमतामा ४४० किलोमिटर लङ रेञ्ज दिने एमजी जेटएस इभि बजारमा ल्याएको कम्पनीले पछिल्लो पटक एमजी-४ बजारमा उतारेको हो । एमजी-४ मध्यम रेन्जको ह्याचब्याक सेग्मेन्ट कार हो । यस्तै, कम्पनीले नाडा अटो सोमा नै प्रदर्शन गर्ने तयारी गरेको कोमेट इभि मिनी कार हो । 

    बजार प्रतिस्पर्धाका आधारमा एमजी–४ को मूल्य ४५ देखि ५० लाखको बिचमा र कोमेट इभिको २० देखि ३० लाखको हुनसक्ने अनुमान गरिएको छ । बेलायतको ‘कार अफ दी इयर २०२३’ अवार्ड जित्न सफल एमजी–४ निकै राम्रो गर्न सक्ने मोडल मानिन्छ । यी दुई नयाँ मोडलसँगै एमजीसँग अब ३ मोडलमा इभि उपलब्ध हुनेछ । कम्पनीले २०१९ देखि बिक्री गर्दै आएको जेडएस इभि नेपालको सफल कम्प्याकट एसयूभी हो । 

    चाङ्योङ ब्रान्डको ‘सेरेस’ 

    नेपालका लागि चाङ्योङ ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले सेरेस ब्रान्डका दुईवटा मोडल भित्र्याएको हो । कम्पनीले बहुप्रतिक्षित इभि सेरेस-३ र ई-१ नेपाल भित्र्याएको हो । अटो शोबाटै नेपालमा आफ्नो उपस्थिति जनाउन लागेको सेरेस ब्रान्डले १३ लाखदेखि ५० लाख रुपैयाँभित्र इभि उपलब्ध गराउने तयारी गरेको छ । इभिमा मध्यम रेन्जको सेरेस-३, ४५ देखि ५० लाख रुपैयाँ हारहारीमा उपलब्ध गराउने तयारी कम्पनीले गरेको बुझिएको छ । 

    विश्वभर ७० देशमा सेरेस ब्रान्डको उपस्थिती रहेको छ । सेरेसले चीनसँगै अमेरिका र जापानसँग मिलेर विद्युतीय गाडीको विषयमा अध्ययन अनुसन्धान गरिरहेको छ । अटो शोमा सार्वजनिक गर्न लागेको मोडलमा ६ एयरब्याग, ईएसपी, इबीएरईबीडी, हिललञ्च एसिस्टेन्स, अटो होल्ड, लेन डिपार्चर वार्निङ, क्रुज कन्ट्रोल, ३६० क्यामेरा लगायतका सुविधा रहेका छन् । एमएडब्लु ग्रुपको नेपालमा स्कोडा, जिप, जेसिबी, यामाहा, चांगन एन्ड फोटन लगायतका ब्रान्ड रहेका छन् ।

    सिजी मोटरको ‘नेटा यू’

    चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरलेनाडा अटो सोमा ‘नेटा यू’ ल्याउने बताइएको छ । यसअघि कम्पनीले नेटा भी लाई बजारमा उतारेकोमा पछिल्लो पटक सोही सेग्मेन्टको यू सेरिजलाई बजारमा ल्याउने भएको हो । अटो शोका लागि केही युनिट कार ल्याए पनि कम्पनीले तत्काल नेटा यूको बिक्री वितरण गर्ने छैन । कम्पनीले नेटा भीको फेसलिफ्ट मोडल सहित नेटा यू मोडल पनि प्रदर्शनी गर्ने तयारी गरेको हो ।

    सिजी मोटर्सले नेपालमा बिक्री गर्दै आएको नेटा भी निकै सफल क्रसओभर मोडल हो । यसको फेसलिफ्ट मोडल नाम नै परिवर्तन भएर आउन लागेको छ । तर, नेपालमा बिक्रीको लागि भने सन् २०२४ को सुरुवातबाट मात्रै उपलब्ध हुने अनुमान गर्न सकिन्छ । नेटा यू मोडल कम्प्याक्ट एसयूभी हो । नेटा यू प्रो मोडलको लम्बाई ४५३० एमएम, चौडाई १८६० एमएम र उचाई १६२८ एमएम रहेको छ । यसमा २७७० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

    कियाको ‘इभि-६’

    कोरियाली कम्पनी किया मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङले सोल र निरो विद्युतीय मोडलपछि प्रिमयम सेगमेन्टको इभि ६ ल्याउन लागेको बताएको छ ।
    नाडा अटो शोको अवसर पारेर कम्पनीले हाई लग्जरियस इभि कार ‘इभि–६’ सार्वजनिक गर्ने तयारी गरेको हो ।

    कम्पनीले नाडा अटो सोमा गाडी ल्याउने गरी साउनदेखि किया बुकिङ खुला गरेको थियो । कम्पनीले बुकिङ खुल्ला गरेपनि आधिकारिक मुल्य सार्वजनिक गरेको छैन । १ करोड भन्दा बढी पर्ने अनुमान गरिएको छ । अटो शोमा उपलब्ध हुने सबैभन्दा महङ्गो इलेक्ट्रिक कार हुने समेत अनुमान गरिएको छ । 

    जी इभिको 'एलइडी डिआरएल' 

    बजारमा इभिको माग बढेसँगै नयाँ नयाँ ब्रान्डका गाडीहरू भित्रिने क्रम जारी छ । सोही क्रममा जी इभिको नामक कम्पनीलेनाडा अटो सोमा नयाँ ब्रान्डको इलेक्ट्रिक कार नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ ब्रान्डको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, नयाँ आउने एसयूभीको एलइडी डिआरएल भएको खुलेको छ । 

    कम्पनीले अटो शोमा नयाँ ब्रान्डको लागि जी इभि कम्पनीको नाममा स्टल भने बुकिङ गरेको छ । स्टल नै बुकिङ गरेको कारण कम्पनीले भोलि नै नयाँ ब्रान्ड सार्वजनिक गरेको छ । कम्पनीले नेपाल ल्याउन लागेको इलेक्ट्रीक ब्रान्ड भने चीनमा उत्पादन भएको हुने जनाएको छ । 

    जी मोटर्सको रूपमा यसअघि रेनो ब्रान्डको डिलर भएर काठमाडौँ र भक्तपुरमा गाडी बिक्री गर्दै आएको कम्पनीले अब भने आफैँ नयाँ ब्रान्डको गाडी ल्याउन लागेको हो । कम्पनीले उपलब्ध गराउने इभि एसयूभी हालसम्म नेपालमा उपलब्ध मध्यकै उच्च रेन्ज भएको मोडल बन्ने कम्पनीको दाबी छ ।

    अन्य ब्रान्डहरू

    ग्रेटवाल मोर्टस (जीडब्र्लूम) नेपालले ओरा ०३ इभिनाडा अटो सोमा प्रदर्शन गर्ने भएको छ । त्यस्तै, अन्य ब्रान्डहरूले समेत उपलब्ध इभि मोडलहरू प्रदर्शनीमा राख्ने तयारी गरेका छन् । नेपाली अटो बजारमा प्रख्यात कम्पनी हुण्डाईले नयाँ प्रोडक्टका साथमा पुराना इभि र पेट्रोलियम गाडीलाई प्रदर्शनीमा राख्ने तयारी गरेको छ । कमर्सियलमा हुण्डाई एक्सटर र टाटा पन्च अटो शोको अर्को आकर्षण बन्ने देखिएको छ । महिन्द्राको न्यू ‘स्कर्पियो एन’ क्लासिक, सिट्रोन–सी३, पेट्रोलियमका साथमा इभि समेतनाडा अटो सोमा प्रस्तुत गरिने भएको छ । 

    अटो शोमा सहभागी नहुने चार चर्चित ब्रान्ड 

    यस बर्ष नाडा अटो सोमा चर्चित चार ब्रान्ड भने सहभागी नहुने भएको छ । विश्वकै ठूला कम्पनीहरू टोयोटा र फक्सवागेन र अमेरिकी ब्रान्ड जीपको उत्पादन पनि अटो शोमा सहभागी नहुने भएको हो । त्यस्तै, दुई पाङ्ग्रे सवारीसाधन बिक्री गर्ने ठूला मध्येको एक ब्रान्ड यामाहा पनिनाडा अटो सोमा सहभागी नुहने भएको छ । नयाँ मोडल नहुँनु, व्यापारमा गिरावट आउनु तथा नयाँ उत्पादनको अभाव यी कम्पनीहरू प्रदर्शनीमा सहभागी नहुने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार