images
images

बीवाईडी डल्फिन नेपाली बजारमा सार्वजनिक, के–के छन् विशेषता ?

बीवाईडी डल्फिन नेपाली बजारमा सार्वजनिक, के–के छन् विशेषता ?

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • images
    images
    बीवाईडी डल्फिन नेपाली बजारमा सार्वजनिक, के–के छन् विशेषता ?

    काठमाडौँ / नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘बीवाईडी डल्फिन’ सार्वजनिक भएको छ । सोमवार एक कार्यक्रमका बीच नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले उक्त गाडी सार्वजनिक गरेको हो ।

    images
    images

    ४२९० एमएम लम्बाइ, १७७० एमएम चौडाइ र १५७० एमएम उचाइ रहेको वीबाईडी डल्फिनको ह्विलबेस २७७० एमएम रहेको छ । यसमा ७० किलोवाट क्षमताको ब्याट्री दिइएको छ ।

    इलेक्ट्रिक प्लेटफर्म ३.० मा निर्माण गरिएको यो गाडीमा ब्लेड ब्याट्री प्रविधि राखिएको छ । ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री भएको यो गाडीले एक पटकको चार्जमा ३ सय ४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

    यसको टर्क १ सय ६० एनएम रहेको छ । कम्पनीका अनुसार बीवाईडी डल्फिनलाई ५० मिनेटमा शून्यदेखि ६० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा चार ओटा ड्राइभिङ मोड दिइएको छ ।

    कम्पनीका अनुसार यसमा ३४५ लिटरदेखि १३१० लिटरसम्म बुटस्पेस छ । १२.८ इन्च एडप्टिभ रोटेटिभ मल्टिमिडिया कारप्याड छ । त्यसैगरी यसमा ३ सय ६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम पनि दिइएको छ ।

    टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), ब्लुटुथ स्पिकर डिर्याक अडियो, एनएफसी कार्ड की, पीएम २.५ एयर फिल्टर, ट्रयाक्सन कन्ट्रोल सिस्टम बीवाईडी डल्फिनका अन्य आकर्षक विशेषता हुन् ।

    गाडीको अगाडिपट्टि भेन्टिलेटेड डिस्कब्रेक राखिएको छ भने पछाडि डिस्क ब्रेक राखिएको छ । गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा कुदाउन १२.३ सेकेन्ड लाग्ने कम्पनीको दाबी छ ।

    नेपाली बजारमा यो गाडी माल्दिभ पर्पल, कोरल पिङ्क, अर्वान ग्रे र स्यान्ड ह्वाइट कलर भेरियन्टमा खरिद गर्न सकिनेछ । यसका विभिन्न पाटपूर्जामा आठ वर्ष वा एक लाख ६० हजार किलोमिटर वारेन्टी दिने कम्पनीले जनाएको छ । गाडीको सुरुवाती मूल्य नेपाली बजारमा ३९ लाख ८० हजार तोकिएको कम्पनीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार