images
images

बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैनः गभर्नर अधिकारी

बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैनः गभर्नर अधिकारी

आइतवार, असोज ७ २०८०
आइतवार, असोज ७ २०८०
  • बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैनः गभर्नर अधिकारी

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

    images
    images

    गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपीभन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए। उनले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएको बताए।

    उनले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैंकहरुले कर्जा दिने बताए। उनले बैंकहरुले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताए। उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरु चुनौती दिने प्रचलन रहेको बताए।

    उनले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौती रहेको बताए। उनले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरु रहेको बताए।

    गभर्नर अधिकारीले पछिल्लो समय विश्वका केन्द्रिय बैंकहरुले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाईका साथ उभिएको बताए।

    उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्वपूर्ण भूमिका हुने गरेको बताए। उनले केन्द्रिय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने बताए।

    गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार