images
images

नेपालबाट मनसुन कहिले बाहिरिन्छ ? आज यी क्षेत्रहरूमा भारी बर्षा हुने

नेपालबाट मनसुन कहिले बाहिरिन्छ ? आज यी क्षेत्रहरूमा भारी बर्षा हुने

शनिवार, असोज १३ २०८०
शनिवार, असोज १३ २०८०
  • images
    images
    नेपालबाट मनसुन कहिले बाहिरिन्छ ? आज यी क्षेत्रहरूमा भारी बर्षा हुने

    काठमाडौँ / नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्ष भने ढिला बाहिरिने मौसमविद्ले जनाएका छन् । हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको मनसुन ढिलो बाहिरिने भएको हो । 

    images
    images

    आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ। 

    आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार