images
Logo
images
images
images

भदौसम्म जीवन बीमा कम्पनीले आर्जन गरे २९ अर्ब १२ करोड बीमा शुल्क, कुनको कति ? (सुचीसहित)

भदौसम्म जीवन बीमा कम्पनीले आर्जन गरे २९ अर्ब १२ करोड बीमा शुल्क, कुनको कति ? (सुचीसहित)

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    भदौसम्म जीवन बीमा कम्पनीले आर्जन गरे २९ अर्ब १२ करोड बीमा शुल्क, कुनको कति ? (सुचीसहित)

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दुई महिनामा अर्थात साउन–भदौँ महिनासम्ममा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनीहरूले २९ अर्ब भन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरूले गत आर्थिक बर्ष २०७९/८० को भदौँसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन गरेका थिए । 

    images
    images

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । उक्त समयमा जीवन बीमा कम्पनीहरुले १ करोड ३४ लाख ५१ हजार ८२२ वटा बीमा पोलिसी विक्री गरेका छन् । 

    नेपाल लाइफको सबैभन्दा धेरै

    भदौँसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ८ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले बढी हो । अघिल्लो बर्षमा कम्पनीले ७ अर्ब ६३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    सन नेपाल लाइफको सबैभन्दा कम

    भदौँसम्ममा सन नेपाल लाइफले सबैभन्दा कम बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कमपनीले ६३ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो बर्षमा कम्पनीले ७० अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । जुन गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा ९.४६ प्रतिशतले कम हो । 

    अन्य कुन कम्पनीको कति ? 

    राष्ट्रिय बीमा संस्थानले नेपाल लाइफ पछि सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ५३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले गत आर्थिक बर्षको भदौँसम्मा ८३ करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको बीमा शुल्क आर्जन गत बर्षको तुलनामा ३२५.३९ प्रतिशतले बढी हो ।

    यस्तै, भदौँसम्ममा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.३५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो बर्षमा कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    1.JPG

    यता, एलआइसी नेपालले ३ अर्ब ६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफले २ अर्ब ९५ करोड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ९० करोड, सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    त्यस्तै, सिटिजन लाइफले १ अर्ब १ करोड, मेट लाइफ इन्स्योरेन्सले ९२ करोड १२ लाख, प्रभु महालक्ष्मी लाइफले ८२ करोड ४९ लाख, आइएमई लाइफले ७६ करोड ३१ लाख र रिलायबल नेपाल लाइफले ६७ करोड ५५ लाख  कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    कुन कम्पनीको बीमा शुल्क आर्जन कति ?

    सार्वजानिक तथ्याङ्क अनुसार प्रथम बीमा शुल्क आर्जनमा पनि नेपाल इन्स्योरेन्स नै अगाडि देखिएको छ । कम्पनीले एक अर्ब ८ करोड बढी रुपैयाँको प्रिमियम संकलन गरेको देखिन्छ भने सरकारी स्वामित्वको राष्टिय बीमा संस्थान प्रथम बीमा शुल्क आर्जनमा सबैभन्दा पछाडि रहेको छ । 

    समग्र बीमा शुल्क आर्जनमा दोस्रो स्थानमा रहेको यस संस्थानले यो अवधिमा ७ करोड ६८ लाख रुपैयाँको मात्रै नयाँ व्यवसाय गरेको देखिन्छ । समिक्षा अवधिमा आइएमई लाईफ र रिलायवल लाईफले समान २१ करोड ४६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

    4.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार