images
Logo
images
images
images

जीवन बीमा व्यवसायको आधा हिस्सा बागमतीमा प्रदेशमा, अन्य प्रदेशबाट कति ?

जीवन बीमा व्यवसायको आधा हिस्सा बागमतीमा प्रदेशमा, अन्य प्रदेशबाट कति ?

शुक्रवार, असोज १९ २०८०
शुक्रवार, असोज १९ २०८०
  • images
    images
    जीवन बीमा व्यवसायको आधा हिस्सा बागमतीमा प्रदेशमा, अन्य प्रदेशबाट कति ?

    काठमाडौँ / जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको आधा हिस्सा बागमती प्रदेशमा रहेको पाईएको छ । 

    images
    images

    चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा अर्थात भदौ मसान्तसम्म सञ्चनलनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल २९ अर्ब १२ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये करिब आधा रकम बागमती प्रदेशबाट संकलन भएको छ । 

    नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ करोड ३४ लाख ५१ हजार ८२२ वटा बीमा पोलिसी विक्री गरेवापत २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । 

    प्राधिकरणले देशैभरि बीमा जागरण गराई सबै क्षेत्रमा बीमाको पहुँच पुर्याउने उद्देश्य राखे पनि बीमा व्यवसाय बागमती प्रदेशबाट मात्रै ४९.०६ प्रतिशत निर्भर हुने गरेको छ। बागमती प्रदेशबाट मात्रै जीवन बीमा कम्पनीको प्रिमियम कलेक्सन आधा बढी हुने गरेको देखिएको छ। 

    दुई महिनामा बागमती प्रदेशबाट मात्रै १४ अर्ब २९ करोड ३० लाख सात हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यस्तै, भदौ मसान्तसम्म सक्रिय जीवन बीमाको बीमालेख संख्या एक करोड ३४ हजार ५३ लाख १६६ वटा छन् । जसमध्ये बागमतीमा मात्रै ९३ लाख ९५ हजार ५७५ वटा सक्रिय जिवन बीमालेख छन् । 

    कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम 

    प्रदेशगत अवस्था हेर्दा कर्णालीको हिस्सा एकदम न्युन देखिएको छ । भदौ मसान्तसम्म कर्णाली प्रदेशबाट जम्मा ७७ करोड ८ लाख चार हजार रुपैयाँ मात्र बीमा शुल्कबापत संकलन भएको छ । यस्तै, कर्णाली प्रदेशमा एक लाख ९३ हजार ८०२ वटा मात्र बीमालेख सक्रिय रहेको तथ्यांकमा उल्लेख छ। 

    अन्य कुन प्रदेशमा कति ? 

    तथ्याङ्क अनुसार दुइ महिनामा धेरै बीमाशुल्क संकलन हुने प्रदेशको दोस्रो स्थानमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनी प्रदेशबाट भदौ महिनासम्म कुल तीन अर्ब ९४ करोड ९७ लाख २२ हजार रुपैयाँ संकलन भएको छ । यस्तै, तेस्रो स्थानमा रहेको कोशीबाट कुल ३ अर्ब ४३ करोड ८५ लाख छ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

    यता, सुदुरपश्चिम प्रदेशबाट कुल बीमाशुल्क एक अर्ब ५१ करोड ५३ लाख ७० हजार रुपैयाँ संकलन हुँदा मधेश प्रदेशबाट दुई अर्ब ३७ करोड ८८ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ । गण्डकी प्रदेशबाट दुई अर्ब ७८ करोड ६० लाख १५ हजार रुपैयाँ संकलन भएको प्राधिकरणले उल्लेख गरेको तथ्यांकले देखाउँछ । 

    यस्तै, सक्रिय बीमालेखको आधारमा कोशी दोस्रो स्थानमा छ भने लुम्बिनी र गण्डकी क्रमश तेस्रो र चौथो स्थानमा छन् । कोशीमा १२ लाख ६५ हजार ७५२ वटा सक्रिय बीमालेख हुँदा लुम्बिनी र गण्डकीमा क्रमशः नौ लाख ५३ हजार १५५ र छ लाख १५ हजार ३८५ वटा बीमालेख सक्रिय छन् । 

    त्यसैगरी, मधेश र सुदुरपश्चिम क्रमश पाँच लाख ५३ हजार ६७१ र चार लाख ९५ हजार ८२६ वटा बीमालेख भदौ मसान्तसम्म सक्रिय रहेको प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ। 

    भदौसम्म कुन बीमा कम्पनीले कति बीमा शुल्क आर्जन गरे ? 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार