images
images

भारतबाट आउने गुणात्मक पर्यटक बढ्दै, यतिका दुई विमान चार्टर गरेर माउण्टेन फ्लाईट

भारतबाट आउने गुणात्मक पर्यटक बढ्दै, यतिका दुई विमान चार्टर गरेर माउण्टेन फ्लाईट

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • images
    images
    भारतबाट आउने गुणात्मक पर्यटक बढ्दै, यतिका दुई विमान चार्टर गरेर माउण्टेन फ्लाईट

    काठमाडौँ / पछिल्लो समय नेपालमा भारतीय पर्यटकको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । संख्याका हिसावले सर्बाधिक बढी नेपाल भित्रने पर्यटक भारतीय भएको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखउाँछ । तर, बजेटमा आधारित पर्यटकको संख्या उच्च भएकैले भारतीय पर्यटक नेपालमा न्यून प्राथमिकतामा पर्दै आएका छन् । त्यसको विपरित असोज २० गते शनिबार ८० भन्दा बढी भारतीय पर्यटकले जहाज नै चार्टर गरेर माउन्टेन फ्लाईटको आनन्द उठाएका छन् । 

    images
    images

    यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट मार्फत नेपालका विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेका यी भारतीय पर्यटक एकप्स सिस्टम ईण्डियाका संस्थापक तथा पार्टनरहरू हुन् । 

    काठमाडौँको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागी हुन भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट आएका भारतीय नागरीकहरूले यो माउण्टेन फ्लाईटको अनुभव लिएका हुन् ।  नेपालका हवाई क्षेत्र खस्कँदो अवस्थामा रहेको बेलामा हाइप्रोफाइल भारतीय पर्यटकको यो माउण्टेन फ्लाईटमा रहेको यो विशेष चासोले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा ठूलो सकारात्मक सन्देश प्रवाह गरेको ति एयरलाइन्सले जनाएको छ । 

    यसले नेपालको हवाई क्षेत्र माथि विश्वासनियता बढेको छ भने छोटो समयमा पर्यटकिय गन्तब्यको सहज अनुभव हाँसिल गर्न सकिने माउण्टेन फ्लाईटका बारेमा समेत थप प्रवर्द्धन मिलेको उक्त चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमका एकाउण्ट म्यानेजर मनिस महर्जनको भनाइ छ ।

    उसाथै उनले कुनै एकै कम्पनीको अगुवाईमा एकै पटक माउण्टेन फ्लाईटका लागि दुई वटा विमान नै चार्टर भनेको नेपालको यो पहिलो अवसर भएको बताउँदै यसबाट नेपालको पर्यटकीय सम्भावना असिमित भएको प्रमाणित भएको पनि प्रष्ट पारे ।

    सस्तो टिकटस् डट कम नेपालको ठुलो अनलाइन ट्राभल एजेन्सि पनि हो । नेपाली सिप र प्रविधिमा आधारित यो अनलाईन ट्राभल एजेन्सीमार्फत सस्तो मूल्यमा जुनसुकै गन्तब्यका लागि टिकट काट्न सकिन्छ भने यसको पोर्टल बाट विभिन्न किसिमका ट्राभल प्याकेज पनि खरिद गर्न सकिनेछ । 

    उक्त चार्टर उडानका लागि यति एअरलाइन्सले छोटो सूचनामा विमान उपलब्ध गराउन सकेकोमा एकप्सका तर्पबाट बृजेस बर्माले यति एअरलाईन्सलाई धन्यवादसमेत ज्ञापन गरे ।  उनले भने, “यो उडान मेरा र हाम्रा सबै यात्रुहरुकालागि जीवनकै अविष्मरणीय अनुभव थियो । हामी विश्वको सर्वोच्च शिखर सगरमाथाको यति नजिक थियौँ कि त्यो अनुभव शब्दमा बर्णन गर्नै सकिँदैन ।” 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार