images
images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबिच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबिच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

आइतवार, असोज २१ २०८०
आइतवार, असोज २१ २०८०
  • images
    images
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबिच निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

    काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबिच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । 

    images
    images

    उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका मुख्य प्रबन्धक शिवप्रसाद लामिछाने र नीलकण्ठ नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरूषोत्तम सुवेदीले हस्ताक्षर गरे । 

    उक्त सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदी बहिनीहरूले आफ्नो पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरबासीको भौतिक सम्पत्ति, कृषकहरूको बालिनाली, पशुपन्छी तथा कृषकहरूको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धतासहित धादिङ जिल्लामा नै नमूना नगरपालिकाको रूपमा रहेको छ । 

    सोही अवसरमा प्रशासकीय अधिकृत पुरूषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाई तथा दिदी बहिनीहरूको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरून्त प्राप्त गर्न नगरपालिकाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरूले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रूपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे । ्

    साथै, यस कार्यमा नगरपालिकाले अभिभावकको रूपमा रहेर नगरवासीहरूलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरूको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरूलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ भने आफ्ना नगरवासीहरूको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गरेकोमा नगर प्रमुख, प्रशासकीय अधिकृत पुरूषोत्तम सुवेदी, लेखा अधिकृत आर्जन श्रेष्ठ लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार