images
Logo
images
images
images

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

बुधवार, असोज २४ २०८०
बुधवार, असोज २४ २०८०
  • images
    images
    हिमालयन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौँ / हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको, कलंकी शाखा काठमाडौँले २१ लाख ६२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक डा. लक्ष्मण गिरीको श्रीमतिलाई आज कलंकी शाखामा आयोजित एक कार्यक्रममा कम्पनीको शाखा प्रमुख हेमन्त तिवारीले चेक हस्तान्तरण गरेका हुन् । 

    images
    images

    मृतक बीमितको हकवाला श्रीमति भवानी गिरीको नाममा जारी गरिएको दाबी भुक्तानी रकम २१ लाख ६२ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हिमालयन लाइफ इन्स्योरेन्स, कलंकी शाखाले जानकारी दिएको छ । 

    डाक्टर पेशामा रहेका डा. गिरीको श्रीमती र तिन वर्षिया एक छोरी छन् । डा. गिरीले दुई बर्ष अघि मात्रै साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सल्यान शाखाबाट २० लाख बराबरको ए एम बी प्लान अन्तर्गतको बीमालेख खरिद गरेका थिए । डा. गिरीको मृत्यु दावीको लागि कम्पनीमा सम्पूर्ण कागजपत्र पेस गरेको ११ दिन मै कम्पनीले दावी भुक्तानी गरेको बिमितकी श्रीमतीले बताएकी छिन् । 

    news.JPG

    चेक हस्तान्तरण कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका शाखा प्रमुख हेमन्त तिवारी, मार्केटिङ्ग एक्जिक्युटिभ विश्व खनाल, अपरेटिङ इन्चार्ज मधु गिरि, एम.डी.आर.टि काशिराम ढकाल, एम.डी.आर.टि रामकुमार अधिकारी, सिनियर एजेन्सी म्यानेजर रेशम श्रेष्ठ र अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार