images
images

किन घट्यो एनसेलको आम्दानी ?, एक बर्षमै गुम्यो सवा २ अर्ब

किन घट्यो एनसेलको आम्दानी ?, एक बर्षमै गुम्यो सवा २ अर्ब

ब्याजदरमा देखिएको वृद्धिका कारण कम्पनीको कारोबारमा असर

बिहिवार, असोज २५ २०८०
बिहिवार, असोज २५ २०८०
  • images
    images
    किन घट्यो एनसेलको आम्दानी ?, एक बर्षमै गुम्यो सवा २ अर्ब

    काठमाडौँ / निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक भएको छ।

    images
    images

    रेटिङ कम्पनी ईक्रा नेपालले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीको अघिल्लो वर्ष अर्थात् सन् २०२२ को तुलनामा सन् २०२३ मा ५ दशमलव ७४ प्रतिशत अर्थात २ अर्ब २८ करोड ३० लाख रुपैयाँ कम हो । आव सन् २०२२ मा कम्पनीले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

    कम्पनीले सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ५५ अर्ब ३९ करोड र सन् २०१८ मा ५९ अर्ब ८१ करोड  रूपैयाँ नाफा आर्जन गरेको थियो।

    एजेन्सीको अनुसार ब्याजदरमा देखिएको वृद्धिका कारण कम्पनीको कारोबारमा असर पुगेको हो ।  साथै एनसेलको बजार हिस्सा २०२२/२३ मा ५४ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनसेलको बजार हिस्सा ६१ प्रतिशत थियो। यता, कम्पनीको आम्दानी केही घटे पनि आव सन् २०२३ मा कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन भने ५३ प्रतिशत रहेको छ । 

    कम्पनीको डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा रहेको ईक्राले जनाएको छ । ईक्राका अनुसार एनसेलको भ्वाइसको बजार हिस्सा ५० प्रतिशत र डेटामा ५७ प्रतिशत बजार हिस्सा रहेको छ । डेटाको प्रयोग र त्यसको बजार हिस्सा बढ्दै गएकाले कम्पनीको प्रति ग्राहक औषत आम्दानी बढ्दै जाने सम्भावना रहेको रेटिङमा उल्लेख छ।

    एक्जियटा ग्रुप बेर्हदले प्राप्ति गरेको गरी रेनल्ड होल्डिङ लिमिटेड अफ इन्डिजको नाममा ८० प्रतिशत र सुभिनेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २७ अर्ब २२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । ईक्राले एनसेलको १५ अर्ब २२ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि एल ए र १२ अर्ब रुपैयाँको अल्पकालीन कर्जाको लागि ए वान रेटिङ दिएको छ । 

    कम्पनीले सन् २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको थियो । कम्पनीको शंकास्पद दायित्व बढे पनि लाभांश भुक्तानी दर उच्च रहेको ईक्राले जनाएको छ । एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुप बहार्डको छ । बाँकी २० प्रतिशत शेयर भने नेपाली साझेदार सुनिभेर क्यापिटल भेन्चर प्रालिको रहेको छ ।

    सन् २००१ मा स्पाइस नेपाल प्रालिको रुपमा स्थापित कम्पनीले सन् २००५ मा व्यवसाय सुरु गरेको थियो । कम्पनीले सुरुमा मेरो मोबाइल ब्रान्डमा दूरसञ्चारको सेवा दिँदै आएको थियो ।युरोपियन टेलिकम जाइन्ट टेलियासोनेराले स्वामित्व लिएपछि कम्पनीले ‘एनसेल’ ब्रान्डको नाममा सेवा दिँदै आएको छ । साथै, कम्पनीले सन् २०१६ मा एनसेल प्रालिको रुपमा कम्पनीको नाम परिणत गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार