images
images

नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट ५० लाख मृत्युदावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट ५० लाख मृत्युदावी भुक्तानी

शुक्रवार, असोज २६ २०८०
शुक्रवार, असोज २६ २०८०
  • images
    images
    नेपाल लाइफ इन्स्योरेन्सको भक्तपुर शाखाबाट ५० लाख मृत्युदावी भुक्तानी

    काठमाडौँ / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भक्तपुर शाखाले ५० लाख रुपैयाँ बराबरको मुत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित स्वर्गिय बैकुण्ठ राज उप्रेतीको परिवारलाई उक्त मृत्यु दावी भुक्तानी गरेको हो । 

    images
    images

    नेपाल लाइफ, भक्तपुर शाखाबाट ४ वर्ष अगाडि स्व. बैकुण्ठराज उप्रेतीले आफ्नो र आफ्नो परिवारको आर्थिक सुरक्षाको लागि ५० लाख रुपैयाँको जीवन बीमा गराएका थिए । २०७६ असार २६ गते ५० लाख रुपैयाँको जीवन बीमा गराएको उनले ४ बर्षमा वार्षिक ३ लाख ५९ हजार ३५४ रुपैयाँ किस्ता तिरेका थिए । 

    गत भदौ ४ गते असमायिक देहान्त भएको उनको परिवारले कागजात बुझाएको ७ दिन भित्र मै ५० लाख जीवन बीमा रकम र बोनस रकम १२ लाख ५० हजार रुपैयाँ गरी जम्मा रकम ६२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

    भक्तपुर शाखाका शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधरले कर्मचारीहरू सुमन श्रेष्ठ, विनिता श्रेष्ठ, भगवती अधिकारी, सोम थिंग, गीता कायस्थलगायत पेशागत अभिकर्ता युनियन संघका तर्फबाट अध्यक्ष राजेश खुलाल , सल्लाहकार सुशिल कुमार न्यौपाने समेत गरी सिनियर एजेन्सी मैनेजर, एजेन्सी मैनेजर लिला अधिकारी, बेनुप राज भण्डारी, तारा श्रेष्ठ, देवकी श्रेष्ठ र अप्सरा खरेलको उपस्थितीमा मृतकको तर्फबाट इच्छाएको व्यक्ति उमादेवी उप्रेती र छोरा सन्तोष राज उप्रेतीलाई ६२ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

    चेक हस्तान्तरणका क्रममा शाखा प्रमुख तुलाधर र पेशा अभिकर्ता युनियन संघका अध्यक्षले जीवन बीमा जिवित हुँदा आफँैले सुख उपभोग गर्न पाउने हो र आफु नरहे आफ्नो परिवारले आर्थिक क्षतिपूर्ति पाउने हो भन्दै समवेदना प्रकट गरेका थिए । 

    त्यस्तै, नेपाल लाइफको दावी विभागमा रहेका दावी प्रमुख उज्जवल अर्याललगायतको दावी टिम प्रमोद धौराली, निलम पन्त, अनुजा पौडेल र स्वस्तिा श्रेष्ठलाई छिटो दावीको व्यवस्थापन गरी दिएकोमा धन्यवाद ज्ञापनसमेत गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार