images
images

१२४ दिनपछि नेपालबाट मनसुन बाहिरियो, अबको मौसम कस्तो रहनेछ ?

१२४ दिनपछि नेपालबाट मनसुन बाहिरियो, अबको मौसम कस्तो रहनेछ ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    १२४ दिनपछि नेपालबाट मनसुन बाहिरियो, अबको मौसम कस्तो रहनेछ ?

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन हिजो  २८ गतेदेखि नेपालबाट बाहिरिएको छ । 

    images
    images

    नेपालमा मनसुन बाहिरिने सरदर यस वर्ष १३ दिन ढिलो बाहिरिएको मौसम विभागले जनाएको छ ।  जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

    हाल देशभर आंशिक देखी  सामान्य बदली रहेको छ।

    २०८० असोज २९ गते सोमबार

    दिउँसोː देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखी मध्ययम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    रातीस् सुदूर(पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूर(पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका ‍एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०८० असोज ३० गते मंगलबार

    दिउँसोː  लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू)भागमा आंशिक देखि सामान्य बदली र बांकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  र तराईका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    रातीस्   गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको तराईका एक(दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०८० कार्तिक ०१ गते बुधबार

    दिउँसोː देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बांकी भू(भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै   स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का  वर्षाको सम्भावना रहेको छ।

    रातीस्   देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

      आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श       

     सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बांकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखी मध्ययम वर्षाको सम्भावना रहेको छ। 

    देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

    वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन  भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार