images
images

दर्शक बढेपछि थपियो नाटक ‘ब्युँझिएको सिरानी’को शो, अब कार्तिक २ गतेसम्म हेर्न पाइने

दर्शक बढेपछि थपियो नाटक ‘ब्युँझिएको सिरानी’को शो, अब कार्तिक २ गतेसम्म हेर्न पाइने

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    दर्शक बढेपछि थपियो नाटक ‘ब्युँझिएको सिरानी’को शो, अब कार्तिक २ गतेसम्म हेर्न पाइने

    काठमाडौँ / थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘ब्युँझिएको सिरानी’ अब कार्तिक ४ गतेसम्म हेर्न पाइने भएको छ । गत असोज १६ गतेदेखि २८ गतेसम्म मात्रै मञ्चन हुने भनिएको उक्त नाटक दर्शक बढेपछि अब कार्तिक २ गतेसम्म हेर्न पाइने भएको हो । 

    images
    images

    वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार पारिएको उक्त नाटकको निर्देशन जेडी तमुले गरेका हुन् । निर्देशक तमुका अनुसार दर्शकको माग अनुसार नै थप चार दिन नाटकको शो थपिएको हो । 

    मानसिक स्वास्थ्यको विषयमा आधारित नाटक ‘ब्युँझिएको सिरानी’ अभिनय र नृत्यको संयोजन तयार पारिएको छ । आफुहरूले नाटक नभई मानसिक दुर्बलतामाथिको अभियान सुरु गरेको निर्देशक तमुको भनाइ छ । उनी एक दशकदेखि कोरियोग्राफी र अभिनयमा सक्रिय छन् । 

    नाटकमा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र मनेरू, ग्लोरी थापा, सृजना भट्टराईलगायतका कलकारको अभिनय रहेको छ ।

    गायिका झुमा लिम्बुले संगीत संयोजन गरेको उक्त नाटकमा अनिल सुब्बाको कला निर्देशन गरेका छन् । त्यस्तै, प्रवृति राई, नवीन बयल्कोटी र आयुषले नाटकमा संगीत भरेका छन्। 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार