images
images

एनसेलले ल्यायो दशैँको लागि आकर्षक रिचार्जमा बोनस अफर, केके छन् सुविधा ?

एनसेलले ल्यायो दशैँको लागि आकर्षक रिचार्जमा बोनस अफर, केके छन् सुविधा ?

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • images
    images
    एनसेलले ल्यायो दशैँको लागि आकर्षक रिचार्जमा बोनस अफर, केके छन् सुविधा ?

    काठमाडौँ / चाडपर्वको अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड तथा पोस्टपेड ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ । अब ब्यालेन्स रिचार्जमा डेटा बोनस स्वरुप पाइने भएकाले ग्राहकले आफ्ना साथीभाई तथा परिवारजनसँग सम्पर्कमा रहिरहेर निर्धक्क कुराकानी गर्न सक्नेछन् । 

    images
    images

    बडा दशैँ २०८० को उपलक्ष्यमा ल्याइएको यो योजना अन्तर्गत एनसेलले आफ्ना सबै ग्राहकका लागि यो आकर्षक अफर सञ्चालनमा ल्याएको छ  । जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु २०० वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् । 

    यो योजना आज (कार्तिक १ गते) देखि लागु भई कार्तिक १५ गतेसम्म सञ्चालनमा रहने छ । रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबी देखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् ।

    रु २०० देखि रु ४९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । 

    त्यस्तै रु ५०० भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजे देखि बेलुका ६ बजे सम्म (१९ घण्टा) प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोलुम २ दिनको दिनको लागि मान्य रहने छ ।

    यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ । 

    बडा दशैँको अवसरमा ल्याइएको यो विषेश अफरसँगै आफ्नो उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘‘हाम्रा ग्राहकहरु र ग्राहकको एनसेलसँगको सेवा अनुभव हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ । यो चाडपर्वको अवसरमा ल्याइएको यो योजनाले हाम्रा ग्राहकको सञ्चारको आवश्यकतालाई पुरा गर्न महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिएका छौँ । हाम्रा सबै ग्राहकलाई बडा दशैँको शुभकामना र एनसेलसँग आबद्घ रहिरहनुहुने सबै ग्राहकलाई धेरै धेरै धन्यवाद । ’’  

    यस रिचार्जमा बोनस अफरले ग्राहकलाई भ्यालु एड गर्दै सुलभ दरमा आफ्ना परिवार र साथीभाइसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार