images
images

निर्वाचन आयोगका प्रमुख र युरोपियन युनियनका राजदुतबिच भेट, यी विषयमा भए छलफल

निर्वाचन आयोगका प्रमुख र युरोपियन युनियनका राजदुतबिच भेट, यी विषयमा भए छलफल

बुधवार, कार्तिक १ २०८०
बुधवार, कार्तिक १ २०८०
  • images
    images
    निर्वाचन आयोगका प्रमुख र युरोपियन युनियनका राजदुतबिच भेट, यी विषयमा भए छलफल

    काठमाडौँ / निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र युरोपियन युनियनका राजदुत लोरेन्जो भेरोनिकबिच द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

    images
    images

    आज भएको शिष्टाचार भेटमा निर्वाचन आयुक्त थपलिया र राजदुतबिच निर्वाचन आयोग र युरोपियन युनियनबिचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । 

    छलफलमा निर्वाचन व्यवस्थापन प्रकृयाको समग्र सुधारको निम्ति आयोगले तयार गरेको कार्ययोजनाका बारेमा अवगत गराइएको थियो । 

    उक्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको राजदुत लोरेन्जोले व्यक्त गरे । 

    उक्त भेटघाटमा निर्वाचन आयोगको सचिवालयका कर्मचारीहरू सहसचिव रमेश ढकाल, उपसचिव डा थानेश्वर भुसाल, शाखा अधिकृत श्रवणकुमार लुइटेल तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि विजयराज तण्डुकार समेतको सहभागिता रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार