images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ११ ओटा यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार सुविधा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ११ ओटा यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार सुविधा

बिहिवार, कार्तिक २ २०८०
बिहिवार, कार्तिक २ २०८०
  • images
    images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ११ ओटा यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबार सुविधा

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ११ ओटा यातायात व्यवस्था कार्यालयहरूमा डिजिटल कारोबारको सुविधा उपलब्ध गराएको छ । बैङ्कले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ ओटा यातायात व्यवस्था कार्यालयहरूमा क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व सङ्कलनको व्यवस्था मिलाएको हो ।  

    images
    images

    सो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहकहरूलाई लामो समय लाइनमा बसेर नगद (खुद्रा) तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ बैंकको दावी छ । क्यूआर कोड प्रणालीवाट राजश्व सङ्कलन गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास रहेको बैंकले जनाएको छ । 

    हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरू विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ¥याङ, सानो भ¥याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहक महानुभावहरूलाई सेवा दिइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार