काठमाडौँ / नेपालीहरूको महान चाडपर्व दसैं तिहार तथा छठ पर्व नजिकिएसँगै आर्थिक कारोबारमा पनि तीव्रता आउने गरेको छ। आर्थिक कारोबारका लागि सेवाग्राहीको चाप उच्च हुने बैंक तथा वित्तीय संस्थाले थप ग्राहक आकर्षित गर्न विभिन्न योजना तथा अफर समेत सार्वजनिक गर्दै आएका छन्।
विगतमा जस्तै यसवर्ष पनि चाडपर्वलक्षित गरी बैंक तथा वित्तीय संस्थाले ग्राहकका लागि नयाँ अफर ल्याएका छन्। २० वाणिज्य बैंकमध्ये धेरैले ग्राहकलाई आकर्षण गर्ने योजना ल्याएको बैंकहरुले नै स्वीकार गर्दै आएका छन्। हरेक चाडपर्वमा बैंक तथा वित्तीय संस्थाले आफ्ना वित्तीय सेवा तथा कारोबारमा छुटका योजना सार्वजनिक गरिरहेका हुन्छन्।
विशेषगरी दसैं लक्ष्यित किनमेल गर्ने ग्राहकलाई अधिकांश बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै नगद छुट योजना सुरू गरेका छन। साथै, केही वाणिज्य बैंकले छुट योजनासहित बम्पर उपहार दिने योजनासमेत अघि सारेका छन्।
बैंकहरूले विभिन्न व्यापारिक कम्पनी, सपिङ मल, अनलाइन प्लेटफर्मका सपिङ सेन्टर, ट्राभल एजेन्सी, सवारीसाधन बिक्री कम्पनीहरूसँग सहकार्य गर्दै नयाँ नयाँ स्किम ल्याएका छन्। यसबाहेक बैंकहरूले आफ्ना कर्जा तथा निक्षेपका ग्राहकलाई पनि चाडपर्व लक्ष्यित विशेष योजना ल्याएका छन्।
कुन–कुन बैंकले ल्याए चाडपर्व लक्ष्यित योजना ?
१ ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले ‘प्रोमो कोर्ड दसैं’ प्रयोग गरी ग्लोबल स्मार्टकार्डबाट क्युआर पेमेन्ट गर्ने ग्राहकलाई १० प्रतिशतसम्म र ३ सय रुपैयाँसम्म क्यास ब्याक योजना ल्याएको छ। उक्त योजना असोज २८ देखि काक्तिक ८ सम्मका लागि हो। यस्तै, ग्लोबल आइएमई बैंकको खातामा विदेशबाट रेमिट्यान्स पठाउँदा ५ सय रुपैयाँसम्म क्यास ब्याक हुने योजना सार्वजनिक गरिसकेको छ। उक्त योजना मंसिर ३० गतेसम्मका लागि हो।
२.सानिमा बैंक
बैंकले सजिलो सानिमा मोबाइल बैंकिङ प्रयोग गर्ने आफ्ना ग्राहकलाई चाडपर्वमा २ हजार रुपैयाँसम्म क्यास ब्याकदेखि टेलिभिजन, स्मार्टवाचलगायत उपहार दिइरहको छ।
३. प्राइम बैंक
बैंकले खल्ती डिजिटल वालेटमा प्राइम बैंक लिंक गरी कारोबार गर्ने ग्राहकलाई दुबई भ्रमणदेखि १ लाख रुपैयाँसम्म नगद उपहार दिने योजना सार्वजनिक गरिसकेको छ।
४. हिमालयन बैंक
चाडपर्वको अवसरमा हिमालयन बैंकले दसैं धमाका योजना सार्वजनिक गर्दै अनलाइन सपिङ दराजसँग सहकार्य गरी आफ्ना ग्राहकलाई सपिङ गर्दा ७० प्रतिशतदेखि २ हजार रुपैयाँसम्म छुट दिएको छ। यसका लागि दराजबाट न्यूनतम ७ हजार रुपैयाँको सामान खरिद गर्नुपर्ने छ।साथै, बैंकले कार्ड प्रयोगकर्तालाई २ हजार रुपैयाँसम्म छुट, मोको एपबाट हवाइ टिकट खरिद गर्दा १ जनालाई शतप्रतिशत क्यास ब्याक योजना सुरु गरिरहेका छ।
५. सिटिजन्स बैंक
सिटिजन्स बैंकले चाडपर्व लक्ष्यित डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै असोज २८ देखि कात्तिक ४ सम्म आफ्ना कार्ड प्रयोगकर्तालाई २ हजार रुपैयाँसम्म छुट तथा ५ सय रुपैयाँसम्म क्यास ब्याक योजना ल्याएको छ। कात्तिक ४ देखि ९ सम्म सिटिजन्सको मोबाइल बैंकिङमार्फ रकमान्तर गर्ने ग्राहकले ३ सय रुपैयाँसम्म क्यास ब्याक पाउँछन्।
यस्तो अफरको लाभ लिन भने ग्राहकले न्यूनतम ५ सय रुपैयाँसम्म कारोबार गरेको हुनुपर्ने छ। चाडपर्व लक्ष्यित अफरको समयमा मोबाइल बैंकिङ कारोबार गर्ने ग्राहकलाई बैंकले स्मार्ट फोन, अभन, इयरबड, एयर फायर उपहार दिने छ। यस्तो उपहार योजना बैंकले कात्तिक ८ सम्मका लागि ल्याएको हो।
६. लक्ष्मी सनराइज बैक
बैंकले ‘दसैं आयो’ योजना सार्वजनिक गरिसकेको छ। उक्त योजनामा बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत बसको टिकट खरिद गर्दा र युटिलिटी पेणल भुुक्तानी गर्दा २ सय ५० रुपैयाँसम्म क्यास ब्याक पाइरहेका छन्।
७. एनआइसी एसिया बैंक
बैंकले आफ्ना कार्वाहक र मोबाइल बैंकिङ ग्राहकलाई श्री बालाजी डाइमन्डमा सपिङ गर्दा २५ प्रतिशत डिस्काउन्ट दिएको छ।
८. एभरेस्ट बैंक
एभरेस्ट बैंकले ‘फेस्टिभ बोनान्जा २०८० सँग पूरा गर्नुहोस् आफ्नो सपना’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत बैंकले सुलभ तथा आकर्षक ब्याजदरमा कृषि कर्जा, सेयर कर्जा, घर कर्जा, गाडी कर्जा र साना तथा मझौला उद्यम कर्जा दिइरहेको छ। साथै, बैंकले चाडपर्व लक्ष्यि उक्त योजनामा आफ्ना कार्डवाहक ग्राहकका लागि १५ प्रतिशत र १ सय ५० रुपैयाँसम्म क्यास ब्याक अफर ल्याएको छ।
९. कुमारी बैंक
कुमारी बैंकले ‘दसैं मेला’ योजना सार्वजनिक गरिसकेका छ। उक्त योजनामा नेपाल पेमा आबद्ध भएको कुमारी स्मार्टको मोबाइल बैंकिङ प्रयोग गर्दा १ सय रुपैयाँ वा १० प्रतिशतसम्म क्यास ब्याक योजना ल्याएको हो।
१०. सिद्धार्थ बैंक
बैंकले यसपालि दसैंमा क्यास ब्याक योजना सार्वजनिक गरिसकेको छ। उक्त योजनामा बैंकका ग्राहकले बालबालिका खातामा डेबिट कार्डमार्फत पोस मेसिन वा ई–कम कारोबार गरी न्यूनतम १ हजार रुपैयाँ कारोबार गरे १० प्रपितशतसम्म वा १ सय रुपैयाँ क्यास ब्याक दिइरहेको छ। साथै, बैंकले दसैंतिहार ब्लेसिङ योजनामा आफ्ना कार्डवाहक ग्राहकलाई २ सय रुपैयाँ क्यास ब्याक दिइरहेको छ।
११. कृषि विकास बैंक
कृषि विकास बैंकले अनलाइन सपिङ दराजसँग सहकार्यमा आफ्ना ग्राहकका लागि दसैं छुट अफर ल्याएको छ। बैंकका ग्राहकले दराजबाट सपिङ गर्दा ७० प्रतिशतदेखि २ हजार रुपैयाँसम्म छुट पाउनेछन्। यसका लागि दराजबाट न्यूनतम ७ हजार रुपैयाँको सामान खरिद गर्नुपर्ने छ।
१२. एनएमबी बैंक
बैंकले ‘दसैं तिहारको उमङ्ग होन्डा किन्दा हुनु होस् दङ्ग’ योजना सार्वजनिक गरिसकेको छ। उक्त योजनामा बैंकले आफ्ना ग्राहकले होन्डाका सवारी खरिद गरी एनएबी बैंकको कार्ड तथा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा ५ हजार रुपैयाँसम्म छुट, ५ वर्षका लागि पाटपुर्जा खरिदमा १० प्रतिशत छुट र ६ वर्षसम्म निः शुल्क सर्भिसिङ सेवा दिइरहेको छ। साथै, सुजुकी र कियाको ४ पांग्रे सवारी खरिद गर्दा एनएमबीबाट सवारी कर्जा लिने ग्राहकलाई २ लाख रुपैयाँसम्म छुट पाउने उल्लेख गरेको छ।
१३. नेपाल इन्भेस्टमेन्टमेगा मेगा बैंक
बैंकले ‘दसैं धमाका’ योजना सार्वजनिक गरिसकेको छ। जसअन्तर्गत बैंकले कार्डवाहक ग्राहकलाई दराज अनलाइन सपिङसँग सहकार्य गर्दै २० प्रतिशतसम्मको छुट दिइरहेको छ।
१४. माछापुच्छ्रे बैंक
बैंकले ‘दसैं मेला’ योजना सार्वजनिक गरिसकेको छ। उक्त योजनाअन्तर्गत बैंकका कार्डवाहक ग्राहकले सपिङ गरेर कार्डमार्फत भुक्तानी गर्दा २३ प्रतिशत छुट पाउँनेछन्। साथै, बैंकले मोको एपबाट हवाई टिकट खरिद गर्दा एकजनालाई सतप्रतिशत क्यास ब्याक गरिरहेको छ।