images
images

एनसेलको  ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना : ३५ सय बढी ग्राहकले पाए १०० रुपैयाँ बोनस

एनसेलको  ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना : ३५ सय बढी ग्राहकले पाए १०० रुपैयाँ बोनस

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • images
    images
    एनसेलको  ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना : ३५ सय बढी ग्राहकले पाए १०० रुपैयाँ बोनस

    काठमाडौँ / एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकलाई १०० रुपैयाँ बोनस उपलब्ध गराएको छ। १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सञ्चालनमा ल्याइएको योजना अनुसार ग्राहकहरुलाई उक्त बोनस ब्यालेन्स प्रदान गरिएको एनसेलले जनाएको छ ।

    images
    images

    ३१ भदौदेखि सञ्चालनमा (२८ दिनसम्म) ल्याइएको यस योजनामा प्रत्येक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएको एनसेलले जनाएको छ । यसरी प्रदान गरिएका उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए ।

    दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १०० रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए । विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरी एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन् ।

    साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो । एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक-एक स्कुटर जित्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार