images
Logo
images
images
images

अझै हाजिर हुन आएनन् यी प्रहरी जवानदेखि सहायक निरीक्षकसम्म, प्रहरी प्रधान कार्यालयले दियो यस्तो चेतावनी

अझै हाजिर हुन आएनन् यी प्रहरी जवानदेखि सहायक निरीक्षकसम्म, प्रहरी प्रधान कार्यालयले दियो यस्तो चेतावनी

सोमवार, कार्तिक १३ २०८०
सोमवार, कार्तिक १३ २०८०
  • images
    images
    अझै हाजिर हुन आएनन् यी प्रहरी जवानदेखि सहायक निरीक्षकसम्म, प्रहरी प्रधान कार्यालयले दियो यस्तो चेतावनी

    काठमाडौँ / नेपाल प्रहरीका २२ जना अधिकारीहरू आफूखशी कार्यालयमा गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले सूचना नै प्रकाशित गरी खोजतलास गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले सूचना टाँस गर्दासमेत सम्र्पकमा नआएका प्रहरीहरूलाई सात दिनभित्र  हाजिर हुन आउने बारेको सूचना प्रकाशित गरेको छ । 

    images
    images

    उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनिएको छ । अन्यथा उनीहरूलाई  सेवाबाट हटाउने कारबाही हुने बताइएको छ ।

    “तपाईं देहाय विवरणका प्रहरी कर्मचारीहरू देहायको मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउने बारे यो सूचना प्रकाशित गरिएको छ ।” सूचनामा भनिएको छ, “यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको ब्यहोरा जानकारी गराइएको छ ।” 

    1.jpg2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार