images
images

व्यवसायको लागि बैंकबाट कर्जा लिनु भएको छ ? पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न मिल्छ ?

व्यवसायको लागि बैंकबाट कर्जा लिनु भएको छ ? पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न मिल्छ ?

कर्जाको पुनर्तालिकीकरण वा पुनरसंरचनाको लागि बुझाउन बाँकी ब्याजको कम्तीमा १० प्रतिशत रकम बुझाई व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना पेस गर्नुपर्दछ ।

मंगलवार, कार्तिक १४ २०८०
मंगलवार, कार्तिक १४ २०८०
  • images
    images
    व्यवसायको लागि बैंकबाट कर्जा लिनु भएको छ ? पुनर्तालिकीकरण  वा पुनर्संरचना गर्न मिल्छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले २०७९ चैत मसान्तसम्म कर्जाको भाखा नाघेको ९० दिनभन्दा बढी नभएको कर्जावाललाई कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचनाको लागि कर्जा लिएको संस्थामा अनुरोध गर्नुपर्ने बताएको छ ।

    images
    images

    मङ्गलबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाको नियामक निकायसमेत रहेको केन्द्रीय बैंकले ५ करोड रुपैयाँसम्म कर्जाको लागि पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न /गराउन सम्बन्धित संस्थामा अनुरोध गर्न भनेको हो । 

    यो व्यवस्था अगामी पुस मसान्तसम्म मात्रै लागु हुनेछ । 

    कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचनाको लागि बुझाउन बाँकी ब्याजको कम्तीमा १० प्रतिशत रकम बुझाई व्यवसायको नगद प्रवाह तथा आम्दानीको विश्लेषण गरी कर्जा चुक्ताको योजना पेस गर्नुपर्दछ ।

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट होटल तथा रेष्टुरेन्ट, पशुपन्क्षीपालन, निर्माण (सिमेन्ट, डण्डी, ईंटारब्लक, पाइप्स् एण्ड फिटिङ्स्लगायतका उद्योग), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा वा ५ करोड रुपैयाँसम्म अन्य कुनै पनि क्षेत्रको व्यवसायका लागि कर्जा लिएकाहरूका लागि कर्जाको पुनर्तालिकीकरण वा पुनरसंरचना गर्न सकिने व्यवस्था गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार