images
images

स्मार्ट जीवनशैलीको लागि लेक्ट्रो ई-साइकल

स्मार्ट जीवनशैलीको लागि लेक्ट्रो ई-साइकल

ई-साइकल सिटीको लागि तयार गरिएको हो । जुन पैडलिक र थ्रोटल दुबै प्रयोग गरेर चलाउन सकिन्छ ।

बुधवार, कार्तिक २२ २०८०
बुधवार, कार्तिक २२ २०८०
  • images
    images
    स्मार्ट जीवनशैलीको लागि लेक्ट्रो ई-साइकल

    नेपालमा पछिल्लो समय साइकल मोह बढ्दो छ । पश्चिमी मुलुकमा साइकललाई विशेष प्राथमिकता दिने गरेकोमा नेपालीहरूलेसमेत यसको प्रयोगलाई प्राथमिकता दिन थालेका हुन् । साइकल विशुद्ध शारीरिक बलले कुद्ने भएकाले यसबाट न ध्वनी प्रदुषण न वायु प्रदुषणको नै त्रास हुन्छ । साइकल वातावरणमैत्री एउटा महत्त्वपूर्ण सवारी साधन हो ।

    images
    images

    पेट्रोलियम पदार्थको दिन प्रतिदिन आकाशिदो मूल्य र तीनको प्रयोगबाट उत्सर्जन हुने हानिकारक ग्यासहरूले सिर्जना गर्ने हरित गृह प्रभाव र जलवायु परिवर्तनको प्रभावबाट जोगिनका लागि साइकललाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यसले व्यापार घाटा कम गर्नसमेत भूमिका खेल्छ । सोही विषयलाई मध्येनजर गर्दै निम्बस इन्टरनेशल कम्पनी प्रा.लि.ले नेपाली बजारमा लेक्ट्रो ई-साइकल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले ललितपुरको पुल्चोकस्थित सोरुममार्फत भारतको हिरो कम्पनीले उत्पादन गर्दै आएको लेक्ट्रो ई-साइकल बिक्री गर्दै आएको हो ।

    आफ्नो वजनको चार गुणासम्म बोक्ने क्षमता भएको यो साइकलमा बीएलडीसी मोटर, लिथियम आयोन ब्याट्री बीआइएस प्रमाणित छन् । यसको आइपी ६७ रेटिङले पानीबाट बचाउँछ र धुलोबाट पनि सुरक्षा प्रदान गर्दछ । नेपाली बजारमा भित्रिएको लेक्ट्रो ई-साइकल साइकलको स्मार्ट रूप हो । यो साइकल चलाउन लाइसेन्स पेट्रोलको आवश्यकता पर्दैन । ब्याट्री, जीपिएस ट्रयाकिङ सिस्टम, स्मार्ट डिस्प्ले र हेडलाइट लगायतका सुविधाहरूसमेत रहेको यो साइकल वातावरणमैत्री रहेको छ । शारीरिक कसरत हुने र छोटो समयमा लामो दुरी पार गर्नसमेत यो साइकल सहयोगी रहेको छ । 

    cycle 7.jpg

    सामान्य साइकलमा ब्याट्री र मोटरको प्रयोग गरिएको हुँदैन । यो साइकलमा ब्याट्री र मोटर हुने भएकोले नै विजुलीमा चार्ज गरेर गुडाउन सकिन्छ । यस्तो साइकल मेकानिकल, बिजुलीद्वारा सञ्चालित हुने भएकोले गन्तव्यमा पुग्न समस्या हुँदैन । राइडरले सुविधा अनुसार यसमा ब्याट्री निकालेर कोठामा चार्ज गर्न सक्छन् र साइकलबाटै मोबाइल चार्ज गर्न पनि सकिनेछ । यसमा एक्स्ट्रा ब्याट्री राखेर टाढा-टाढासम्म यात्रा गर्न सकिन्छ र आवश्यकताअनुसार जिपिएस सिस्टम, हेडलाइटहरूलगायतका सुविधा थप्न सकिन्छ । 

    साइकलमा प्रयोग भएका स्मार्ट डिसप्लेबाट साइकलमा कति प्रतिशत चार्ज छ ? उक्त चार्जले कति दूरी पार गर्छ भनेर थाहा पाउन सकिन्छ । साइकलका सबै मोडलहरूमा क्रिउज मोड (स्पिड) सुविधा रहेको छ । क्रिउज मोडमा रहेको साइकलको चार्ज कम खर्च हुन्छ । क्रिउज मोडले प्रतिघण्टा ६ किलोमिटरसम्म दूरी पार गर्छ । उक्त क्रिउज मोडलाई चालकले इच्छाअनुसार परिवर्तन गर्न सक्छन् । साइकलमा विशेषगरी चिप सिस्टमको प्रयोग गरिएको र उक्त चिपको प्रयोगले मात्र साइकल अन हुन्छ साइकलमा हेडलाइट र ब्याकलाइट पनि राखिएको छ । रात पर्नसाथ ब्याकलाइट आफैँ बल्न थाल्ने र दिउँसो घाममा आफैँ चार्ज हुन्छ । 

    कम्पनीले लेक्ट्रो ई-साइकलको ११ ओटा मोडलहरू बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै लेक्ट्रोमा १५ हजार रुपैयाँसम्म छुट र छुट सुविधा नलिनेलाई ५ हजार रुपैयाँसम्मको एसोसेरिजहरू निःशुल्क उपलब्ध गराएको थियो । कपनीले बिक्री गरेको साइकल ४/पाँच बर्षसम्म प्रयोग भइरहेको छ । साइकलको विषयमा गुनासो पनि आएको छैन । कम्पनीले बजारमा बिक्री गर्ने ११ ओटा मोडलका साइकल र यसका फिचर्सहरू यस्तो छः 

    सि थ्री, सि फोर र सि फाइभ सिङ्गल स्पिड गेयर भएको सेस्पेन्सन नभएको साइकल हो । टर्च उपलब्ध नभएको यो मोडलमा ब्याट्री इन्बिल्ट हुन्छ । सि फोरको एउटा मोडल भने महिलाहरूलाई लक्षित गरी बनाइएको छ । कम्पनीले सि थ्री र सि फोरको मूल्य ५५ हजार रुपैयाँ र सि फाइभको मूल्य ६९ हजार रुपैयाँ पर्नेछ । यी तीन ओटै मोडलमा ६०६१ अलोए फ्रेम, प्रतिघण्टा २५ किलोमिटर स्पिड, फ्रन्ट सिड ब्रेक, पैडेलिक ३० किलोमिटर र थ्रोटल २५ किलोमिटर यात्रा गर्न सकिनेछ । सि थ्री र सि फोरमा ३६ भोल्टेज ५.८ एजको ब्याट्री हुन्छ रहेको छ भने २५० वाटको मोटर रहेको छ । 
    सि सिक्स, सि सेभन, सि सेभेन प्लस, सि एट, सि एटआई, एफसिक्स आई र एफ थ्री आइमा सेभेन स्पिड गेयर हुने कम्पनीले जनाएको छ । यी सबै मोडलमा ३६ भोल्टेज ६.३६ एजको ब्याट्री र २५० वाटको मोटर रहेको छ । फ्रन्ट र रियर डिस्क ब्रेक भएको यो साइकलको मूल्य भने फरक फरक रहेका छन् ।

    cycle 6.jpg

    कम्पनीका अनुसार सि सेभेन प्लसको मूल्य ८३ हजार रुपैयाँ, सि एटको ८४ हजार रुपैयाँ, सि एटआईको ९१ हजार रुपैयाँ, एफ सिक्स आइएको १ लाख ४० हजार र एफ थ्री आइको मूल्य १ लाख रुपैयाँ तोकिएको छ । एफसिक्स प्रिमियम मोडल हो र यसमा कारणले फिचरहरू धेरै छन् । यसमा ब्याट्री निकालेर चार्ज गर्न मिल्छ । एफ सिक्स आइए ३६ भोल्टेजको ११.६ एजको ब्याट्री भएको ई–साइकल हो । स्मार्ट आरएफआइडी कि रहेको यो साइकलमा मोवाइल एप कनेक्टिभिटी फर एन्ड्रोइड एण्ड आइओएस सुविधा समेत रहेको छ । युएसबि चार्जिङ पोर्ट रहेको यसमा इन्टरग्रेटेड हेड र रियल लाइटको साथै ब्याट्रइ रिमोभाइल प्याकसमेत रहेको छ । 

    त्यस्तै, एफथ्रीआइ मोडलमा भने ३६ भोल्टेजको ६.३६ एजको ब्याट्री रहेको छ । मोवाइल एप कनेक्टिभिटी फर एन्ड्रोइड एण्ड आइओएस सुविधा, स्मार्ट आरएफाइडी कि र इन्टरग्रेटेड हाइ इलुमेनेसन हेड लाइटसमेत यसमा रहेको छ । 

    कम्पनीले नेपाली बजारमा ल्याएको विन मोडल भने पार्सलको लागि बनाइएको साइकल भएको जनाएको छ । सिङ्गल स्पिड भएको यो साइकलले उकालोमा खासै तान्दैन । यो साइकलको मूल्य १ लाख ९ हजार रुपैयाँ तोकिएको छ । यसको लागि पैदल र थ्रोटल दुबै गर्नुपर्छ । पार्सल बोक्ने भएकोले विनले वेट लिन्छ ।

    cycle 5.jpg

    अन्य साइकलको वारेन्टी दुई बर्षको रहेको छ भने यो साइकलको वारेन्टी एक बर्षको लागि मात्रै रहेको छ । मोडल अनुसार विशेषताहरू फरक फरक हुन्छ । जति धेरै एजको ब्याट्री त्यति नै धेरै रेन्ज दिन्छ । महँगो इभी साइकलले ५० देखि ६० किलोमिटरसम्म रेन्ज दिने गर्दछ । मोटरचाहिँ सबै इभी साइकलमा २५० वाटकै आउँछ । लेक्ट्रो ई-साइकलको काठमाडौँमा ११ ओटा र इभी साइकलको माग रहेको नेपालको मुख्य सहरमा डिलर रहेको छ । माग बढेमा डिलर विस्तार गर्ने कम्पनीको योजना छ । 

    सुझाव

    लेक्ट्रो इभीको साइकल सिटीको लागि तयार गरिएको साइकल हो । जुन पैडलिक र थ्रोटल दुबै प्रयोग गरेर चलाउन सकिन्छ । कम्पनीले अफरोडका लागि यो साइकल सिफारिस गरेको छैन । यद्यपि, अफरोडमा चलाउनै नहुने भन्नेचाहिँ होइन । साइकलको टायर ट्युवलेस हो, केही समस्या आउन सक्ने भन्दै कम्पनीले अफरोडमा यो साइकल सिफारिस नगरेको हो । नेपालको सडकहरूको अवस्था हेर्दा यो साइकल धेरै ठाउँमा लिएर जाने भने समस्या हुनसक्छ । इन्बिल्ट ब्याट्री भएका इभी साइकलहरू बोकेर हिड्न मुस्किल हुन्छ । ब्याट्री झिक्न मिल्ने साइकलहरूमा भने झिकेर अलग्गै बोक्न मिल्छ । सामान्यतयाः इभी साइकलहरू ब्याट्री र मोटर गरेर २३/२४ केजी जत्तिको हुन्छ । 

    cycle1.jpg

    पेट्रोलको लाइन बस्न पर्दैन, पैसा धेरै खर्च हुँदैन प्रदुषणरहितलगायतका कारणले इभीको लोकप्रियता बढीरहेको छ । तर, इभी साइकललाई सर्भिसिङ गर्नुपर्दैन भन्नेचाहिँ हैन । इभी साइकलहरू पनि समय समयमा सर्भिसिङ गर्नुपर्छ । एक महिनामा एक पटक, त्यसपछि तीन महिना, ६ महिना, १ बर्ष र दुई बर्षमा सर्भिसिङ गर्नुपर्छ । यी कुराहरू वारेन्टी कार्डमै उल्लेख गरिएको हुन्छ । सर्भिसिङमा ब्याट्री, चार्जरहरू उपलब्ध गराइदिनेलगायतका सुविधा दुई बर्षसम्म कम्पनीले नै उपलब्ध गराउँछ ।

    सर्भिसिङका लागि ग्राहकहरूले कम्पनीको सोरुम तथा डिलरहरूमा सम्पर्क राख्नुपर्ने हुन्छ । यसैगरी इभी साइकल ‘वाटर प्रुफ’ हो भनेर पानीमा खसालेर चलाउनु हुँदैन र सर्भिसिङ पनि समयमा नै गर्नुपर्छ । समयमा सर्भिसिङ नगर्दा पेट्रोलको भन्दा झन्झटिलो हुन्छ । त्यस्तै, इभीको बारेमा थाहा नभई पार्टस्हरू चेन्ज गर्नुहुँदैन । पार्टस्हरू चेन्ज गर्दा सम्बन्धित कम्पनी तथा सो विषयमा जानकारी व्यक्ति तथा कम्पनीसँग सल्लाह लिनुपर्छ । 

    (निम्बस इन्टरनेशल कम्पनी प्रा.लि.की सोरुम सेल्स अफिसर रयिसा श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित) 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार