images
images

आइजीआई प्रुडेन्सियलद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियलद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

बिहिवार, कार्तिक २३ २०८०
बिहिवार, कार्तिक २३ २०८०
  • images
    images
    आइजीआई प्रुडेन्सियलद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न

    काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले तनहुँ जिल्लामा कार्तिक २० देखि २२ गते सम्म तालिम प्रदान गरेको हो । 

    images
    images

    नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशव दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलक बहादुर थापा, देवघाट गाउँपालिका वडा नं ५ का अध्यक्ष पूर्ण बहादुर कुँवर लगायतको उपस्थितीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि,पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो । 

    उक्त तालिममा तनहुँ लगायत विभिन्न जिल्लाहरुबाट ३३ जना व्यक्तिहरुको उत्सहाजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ । 

    यस तालिम बाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार