images
images

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, किन बढिरहेको डलरको भाउ ?

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, किन बढिरहेको डलरको भाउ ?

मंगलवार, मंसिर ५ २०८०
मंगलवार, मंसिर ५ २०८०
  • images
    images
    अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, किन बढिरहेको डलरको भाउ ?

    काठमाडौँ / अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्गलबार १ अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६५ पैसा र खरिद मूल्य १३३ रुपैयाँ ०५ पैसा पुगेको छ । पछिल्लो समय विश्व बजारमा तेलको मूल्यमा वृद्धि भएको र डलरको माग बृद्धि भएको कारण डलरको भाउ बढिरहेको छ । 

    images
    images

    भारतीय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा तेलको मूल्य वृद्धि भएको र डलरको माग उच्च रहेको कारण डलर महँगिएको हो । अमेरिकी फेडरल रिजर्भ बैङ्कले मुद्रास्फीति घटाउन लामो समयसम्म ब्याजदर उच्च राख्ने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरूले डलरको माग बढाउँदा डलर मजबुत बनेको जनाएको छ । 

    ब्याजदर बढ्दा विश्वका लगानीकर्ताहरू अमेरिकामा लगानीका लागि आकर्षित हुन्छन् । जसले गर्दा डलरको माग वृद्धि हुन्छ । डलरको भाउ बढ्दा भारतीय मुद्रा कमजोर हुनु हो । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। त्यसैले केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत स्वतः घट्न जान्छ । 

    नेपाली मुद्रा कमजोर हुँदा विदेशी वस्तु आयात गर्दा बाहिरिने रकम बढ्न जान्छ । यसले मुलुकको व्यापार घाटा बढ्न गई सञ्चित विदेशी मुद्रासमेत घट्न पुग्छ । 

    साथै, नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व समेत बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।
    यसका साथै, डलर महँगो हुँदा अध्ययन, भ्रमण लगायतका कारण बाहिरिने रकमको भार पनि बढ्छ । जसले अर्थतन्त्रका वाहृय अवस्था कमजोर बनाउँछ । 

    डलरको भाउ बढ्दा नेपाल भित्रिने रेमिट्यान्स र निर्यातमार्फत भित्रिने रकममा भने सकारात्मक प्रभाव पार्दछ । यद्यपि नेपाल आयातमा निर्भर भएको कारण डलरको भाउ बढ्दा नेपालको अर्थतन्त्रमा नराम्रो असर पर्ने देखिन्छ । 

    Binimaya'.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार