images
images

अमेरिकी डलरको भाउ आकाशियो, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

अमेरिकी डलरको भाउ आकाशियो, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

बुधवार, मंसिर ६ २०८०
बुधवार, मंसिर ६ २०८०
  • images
    images
    अमेरिकी डलरको भाउ आकाशियो, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

    काठमाडौँ / अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको छ । आज एक अमेरिकी डलर साट्नका लागि १३३ रुपैयाँ ६८ पैसा खर्चनु पर्ने भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैङ्कका अनुसार मङ्गलबार अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ६५ पैसा रहेको थियो भने खरिद मूल्य १३३ रुपैयाँ ०५ पैसा थियो । आज खरिद मूल्य १३३ रुपैयाँ ८ पैसा पुगेको छ । 

    किन बढीरहेको डलरको भाउ ? 

    विश्व बजारमा डलरको माग बढेको कारण मूल्य वृद्धि भएको हो ।  पछिल्लो समय तेलको मूल्य वृद्धिसँगै डलरको माग बढेकोले डलरको भाउ आकाशिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । 

    भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकी फेडरल रिजर्भ बैङ्कले मुद्रास्फीति घटाउन लामो समयसम्म ब्याजदर उच्च राख्ने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरूले डलरको माग बढाउँदा डलर मजबुत बनेको हो । 

    ब्याजदर बढ्दा विश्वका लगानीकर्ताहरू अमेरिकामा लगानीका लागि आकर्षित हुन्छन् । जसले गर्दा डलरको माग वृद्धि हुन्छ । डलरको भाउ बढ्दा भारतीय मुद्रा कमजोर हुनु हो । 

    नेपाली अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

    नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। त्यसैले केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत स्वतः घट्न जान्छ । 

    आर्थिक मन्दीका कारण प्रभावित अर्थतन्त्रमा डलरको भाउ वृद्धि हुँदा थप भार पर्ने देखिन्छ । नेपालले अमेरिकी डलरको भाउ बढ्नाले मूल्यबृद्धि सँगसँगै गरिबी पनि बढ्न सक्छ ।

    नेपाली बजारमा जिरादेखि साग, माछा, मासुदेखि विभिन्न उपभोग्य वस्तु र दैनिक प्रयोगमा आउने वस्तुहरू विभिन्न देशबाट आइपुग्छ । 

    डलरको भाउ बढेसँगै आयातित बस्तु पनि महँगिने भएको छ । यसले नेपालीको भान्सा पनि महङ्गिने निश्चित छ । यसको असर चालु खाता र शोधानान्तरमा समेत पर्ने देखिएको छ भने विदेशी मुद्राको सञ्चिति पनि घट्ने देखिन्छ । 

    डलरको भाउ बढेसँगै व्यापार घाटा अझै बढ्न सक्ने देखिन्छ । नेपालबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूसँगै अर्बौ रुपैयाँ पनि विदेशिन्छ ।

    डलरको मूल्य बढ्दा विद्यार्थी शुल्क पनि बढी पठाउनुपर्ने हुन्छ । त्यस्तै, नेपालले विदेशी मुद्रामा लिएको ऋणको साँवा र व्याज डलरको भाउ बढेसँगै बढ्ने गर्छ । यसले अर्थतन्त्रमा अझ बोझ थपिने निश्चित छ । 

    अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभाव 

    अमेरिकी डलरको भाउ बढ्दा निर्यात हुने वस्तु, पर्यटन र रेमिट्यान्सबाट भने नेपाललाई फाइदा पुग्ने देखिन्छ । नेपाली रुपैयाँ सस्तो हुँदा नेपाली वस्तु विदेशीहरूका लागि आकर्षक बन्न पुग्छ । 

    नेपाल आएका विदेशी पर्यटकले खर्च गरेमा पनि नेपाललाई फाइदा पुग्छ । पछिल्लो समय यता, नेपालमा वैदेशिक पर्यटकको सङ्ख्यामा बृद्धि भइरहेको छ । 

    यसैगरी विदेशमा हुने नेपालीले कमाएको रकम नेपाल पठाउँदा पनि डलरको मूल्य बृद्धिको लाभ हुने देखिन्छ । 

    नेपालीले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको भाउ बढेको समयमा यसरी पठाउने रकमको परिमाण बढ्न सक्छ ।

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार