images
images

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुग्दा अन्य मुद्राको भाउ कति पुग्यो ?

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुग्दा अन्य मुद्राको भाउ कति पुग्यो ?

शनिवार, मंसिर ९ २०८०
शनिवार, मंसिर ९ २०८०
  • images
    images
    अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुग्दा अन्य मुद्राको भाउ कति पुग्यो ?

    काठमाडौँ / आज शनिबार अमेरिकी डलरको भाउ उच्च बिन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरका लागि १३३ रुपैयाँ ७० पैसा खर्च गर्नु पर्ने भएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३३ रुपैयाँ १० पैसा रहेको छ । शुक्रबार अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३३ रुपैयाँ ६६ रहेकोमा आज बढेर उच्च बिन्दुमा पुगेको हो । 

    त्यस्तै, युरोपियन युरो एकको बिक्रीमूल्य १४५ रुपैयाँ ९२ पैसा र खरिदमूल्य १४५ रुपैयाँ २७ पैसा तोकिएकोमा आज घटेर बिक्रीमूल्य १४५ रुपैयाँ ९१ पैसा र खरिदमूल्य १४५ रुपैयाँ २५ पैसा कायम भएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलरको भाउ भने स्थिर रहेको छ । आज अष्ट्रेलियन डलर एकको बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा र खरिदमा ८७ रुपैयाँ ४२ पैसा रहेका छ । 

    यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६५ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

    त्यस्तै, साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १९ पैसा र बिक्रीमा १० रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ४३३ रुपैयाँ ६४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ६७ पैसा पर्नेछ । 

    डलरको भाउ बढ्दा नेपाली बजारमा कस्तो प्रभाव पर्छ ? 

    पछिल्लो समय तेलको मूल्य वृद्धिसँगै डलरको माग बढेकोले डलरको भाउ आकाशिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

    भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकी फेडरल रिजर्भ बैङ्कले मुद्रास्फीति घटाउन लामो समयसम्म ब्याजदर उच्च राख्ने चर्चा चलेसँगै विश्वका लगानीकर्ताहरूले डलरको माग बढाउँदा डलर मजबुत बनेको हो । 

    ब्याजदर बढ्दा विश्वका लगानीकर्ताहरू अमेरिकामा लगानीका लागि आकर्षित हुन्छन् । जसले गर्दा डलरको माग वृद्धि हुन्छ । डलरको भाउ बढ्दा भारतीय मुद्रा कमजोर हुनु हो । 

    नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको कारण डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत स्वतः घट्न जान्छ । जसकारण नेपालमा मूल्यबृद्धि सँगसँगै गरिबी पनि बढ्न सक्छ ।

    नेपाली बजारमा जिरादेखि साग, माछा, मासुदेखि विभिन्न उपभोग्य वस्तु र दैनिक प्रयोगमा आउने वस्तुहरू विभिन्न देशबाट आइपुग्छ । 

    डलरको भाउ बढेसँगै आयातित बस्तु पनि महँगिने भएको छ । यसले नेपालीको भान्सा पनि महङ्गिने निश्चित छ । यसको असर चालु खाता र शोधानान्तरमा समेत पर्ने देखिएको छ भने विदेशी मुद्राको सञ्चिति पनि घट्ने देखिन्छ । 

    डलरको भाउ बढेसँगै व्यापार घाटा अझै बढ्न सक्ने देखिन्छ । नेपालबाट वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूसँगै अर्बौ रुपैयाँ पनि विदेशिन्छ ।

    डलरको मूल्य बढ्दा विद्यार्थी शुल्क पनि बढी पठाउनुपर्ने हुन्छ । त्यस्तै, नेपालले विदेशी मुद्रामा लिएको ऋणको साँवा र व्याज डलरको भाउ बढेसँगै बढ्ने गर्छ । यसले अर्थतन्त्रमा अझ बोझ थपिने निश्चित छ । 

    अमेरिकी डलरको भाउ बढ्दा निर्यात हुने वस्तु, पर्यटन र रेमिट्यान्सबाट भने नेपाललाई फाइदा पुग्ने देखिन्छ । नेपाली रुपैयाँ सस्तो हुँदा नेपाली वस्तु विदेशीहरूका लागि आकर्षक बन्न पुग्छ । 

    नेपाल आएका विदेशी पर्यटकले खर्च गरेमा पनि नेपाललाई फाइदा पुग्छ । पछिल्लो समय यता, नेपालमा वैदेशिक पर्यटकको सङ्ख्यामा बृद्धि भइरहेको छ । 

    यसैगरी विदेशमा हुने नेपालीले कमाएको रकम नेपाल पठाउँदा पनि डलरको मूल्य बृद्धिको लाभ हुने देखिन्छ । नेपालीले विदेशमा कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन् । डलरको भाउ बढेको समयमा यसरी पठाउने रकमको परिमाण बढ्न सक्छ ।

    Binimaya.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार